कोदोले म्याराथनमा भाग लिन सक्ने बनाएको छ : नेता खनाल

शुक्रबार, ८ बैशाख, २०८०
डिजिटल संस्करण
कोदोले म्याराथनमा भाग लिन सक्ने बनाएको छ : नेता खनाल

फाइल तस्बिर

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले कोदोले सुगर र प्रेसर कम गर्ने बताएका छन्। 

शुक्रबार काठमाडौंमा आयोजित नेसनल नर्सिङ कन्फ्रेन्सलाई सम्बोधन गर्दै उनले कोदो बहुगुणी भएकाले कोदो खान र उत्पादन गर्न सुझाव दिएका हुन्। 

उनले आफूले पनि पछिल्लो समय कोदोको सेवन धेरै गरेको भन्दै अहिले सुगर र प्रेसर हराएको बताए। नेता खनालले कोदोको सेवनले गर्दा आफू अहिले म्याराथनमा दौडिन पनि सक्षम र बलवान भएको दाबी गरे। 
 

सुझावित समाचार