संघीय निजामती सेवा ऐन जारी गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गरिएको छ।
नेपाल निजामती कर्मचारी युनियनका कर्णाली प्रदेश अध्यक्ष चन्द्रबहादुर खड्का र नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) कर्णाली प्रदेश अध्यक्ष देवेश्वर गिरीले संयुक्त ज्ञापनपत्र बुझाएर प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन्।
कांग्रेस र माओवादीनिकट कर्मचारी संगठनले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको हो। यस्तै, संगठनले मुख्यसचिव, मुख्यमन्त्री तथा प्रदेश मन्त्रिपरिषद्को पनि ध्यानाकर्षण गराएको हो।