जबजबाट समाजको अग्रगति सम्भव छैन : झलनाथ खनाल

बुधबार, ६ बैशाख, २०८०
डिजिटल संस्करण

एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले जनताको बहुदलीय जनवादले समाजको अग्रगति सम्भव नरहेको टिप्पणी गरेका छन्। 

बुधबार काठमाडौंमा पार्टीनिकट विद्यार्थी संगठन अनेरास्ववियूको कार्यक्रमलाई सम्बोधन गर्दै उनले जबज भन्नु पुँजीवादी यथास्थितिवाद नै रहेको बताए। समाजवादी जनवादमा पुगेर मात्रै आमनागरिकको विकास सम्भव हुने उनको दाबी छ।

अहिले पनि पुनरुत्थानवादीहरूको धारा देशमा रहेको भन्दै खनालले फेरि राजतन्त्र फर्काउँछु भनेर लाग्ने धारालाई विद्यार्थी आन्दोलनभित्रबाट बढार्न जरुरी रहेकाे बताए। एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले पुँजीवादी यथास्थितिवादको धारालाई समाइरहेकाले उनीहरूसँग वैचारिक संघर्ष गर्नुपर्ने उनको धारणा छ।

‘समाजवादी जनवादमा पुग्नुपर्नेछ, समाजवाद स्थापना गर्नुपर्नेछ। तर, एकथरी विद्यार्थी त्यो मान्दैनन्। उनीहरू पुँजीवादी यथास्थितिवादको धारालाई समाइरहेका छन्। अहिलेको जे समाज छ, यही ठीक छ, यही नै समाज विकास हो, यही स्वर्ग हो, यसमै बसेर लुटपाट गर्नुपर्छ भन्नेछन्,’ उनले भने ।

सुझावित समाचार