वेल्सलाई पन्छाउँदै इंग्ल्यान्ड अन्तिम १६ मा, अमेरिका पनि पुग्यो

बुधबार, १४ मंसिर, २०७९
डिजिटल संस्करण

वेल्सलाई ३–० ले पन्छाउँदै इंग्ल्यान्ड कतार विश्वकपको समूह ‘बी’बाट अन्तिम १६ मा पुगेको छ । वेल्सलाई हराएपछि समूहविजेता बन्दै इंग्ल्यान्ड अन्तिम १६ मा पुगेको हो । आफ्नो खेल जित्दै अमेरिका पनि नकआउट चरणमा पुगेको छ । 

निराशाजनक प्रदर्शनसँगै वेल्स भने विश्वकपबाट बाहिरिएको छ । वेल्सलाई नकआउट चरणमा पुग्न इंग्ल्यान्डलाई हराउनुपर्ने वा अमेरिका र इरानबीचको खेलबराबरी हुनुपर्ने अवस्था थियो । 

तर, उसले कुनै पनि समय प्रभावकारी खेल देखाउन सकेन । उता, अमेरिकाले पनि इरानलाई हराएपछि वेल्स निराश हुँदै घर फर्कन बाध्य भयो । 

यता, अमेरिका इरानलाई हराउँदै समूह ‘बी’बाट उपविजेता हुँदै नकआउट चरणमा प्रवेश गरेको छ । 

सुझावित समाचार