धनकुटाको एमाले जिल्ला अध्यक्ष पराजुली प्रदेशसभामा दोहोरिए

बिहिबार, ८ मंसिर, २०७९
डिजिटल संस्करण

धनकुटाको प्रदेशसभा (ख) मा नेकपा एमालेका उम्मेदवार इन्द्रमणि पराजुली विजयी भएका छन् । उनी प्रदेशसभामा दोस्रो पटक विजयी भएका हुन् ।एमालेका पराजुलीले १५ हजार सात सय ९७ मत प्राप्त गरी विजयी भएका हुन् भने उनका निकटतम प्रतिद्धन्द्धी सत्ता गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रकी कुसुम कुमारी श्रेष्ठले ११ हजार दुई सय ३० मत प्राप्त गरिन् । पराजुली चार हजार पाँच सय ६६ मतान्तरले विजयी भएका हुन् ।

एमाले  जिल्ला अध्यक्षसमेत रहेका पराजुलीले ०७४ को निर्वाचनमा संघीय समाजवादीका उम्मेदवार अर्जुन थापालाई पराजित गरी विजयी भएका थिए । प्रदेशसभा ख मा राप्रपाका उम्मेदवार श्यामबहादुर गुरुङले एक हजार सात सय १५ मत प्राप्त गरेका छन् ।

यहाँ कुल मत ३१ हजार सात सय ८७ खसेको थियो । धनकुटाको प्रतिनिधिसभा र प्रदेशसभा (क) को मतगणना जारी छ । यी दुवै क्षेत्रमा एमालेका उम्मेदवारहरु अग्रस्थानमा रहेका छन् । आज दिउँसोसम्ममा सम्पूर्ण मत परिणाम आइसक्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 
 

See More On

सुझावित समाचार