मकवानपुरमा मतदाताको उत्साहजनक सहभागिता

आइतबार, ४ मंसिर, २०७९
डिजिटल संस्करण
मकवानपुरमा मतदाताको उत्साहजनक सहभागिता

कांग्रेस बागमती प्रदेशका सभापति तथा मकवानपुर २ (२) का प्रदेश सभा उम्मेदवार इन्द्र बानियाँ मतदान गर्दै ।

मकवानपुरका सबै मतदान केन्द्रमा शान्तिपूर्ण र उत्साहजनक रूपमा मतदान भइरहेको छ । बिहान ७ बजेबाटै सुरु भएको मतदानको क्रममा कहीँ कतै अप्रिय घटना नभएको मकवानपुरका मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले जानकारी दिए । 

‘सबै मतदान केन्द्रहरूमा मतदाताको उपस्थिति उत्साहजकन रहेको खबर छ । अहिलेसम्म मकवानपुरमा कुनै पनि मतदान केन्द्रमा अप्रिय घटना भएको छैन । सबै ठाउँमा शान्त वातावरणमा मतदान भइरहेको छ,’ अधिकृत निरौलाले नयाँ पत्रिकासँग भने । 

मकवानपुरमा प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा तीन लाख ७३३ मतदाताले मतदान गर्दैछन् । २ वटा प्रतिनिधि सभा र ४ प्रदेशसभा निर्वाचन क्षेत्र रहेको मकवानपुरको क्षेत्र नम्बर १ मा एकलाख ५० हजार एकसय ५५ जना मतदाता छन् । 

सुझावित समाचार