१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
Invalid date format २o:१५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

म सांसद बन्न मात्रै तपाईंहरूमाझ आएको होइन : डिना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २o:१५:oo

कांग्रेसकी सह–महामन्त्री एवं सत्तारुढ गठबन्धनका तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार महालक्ष्मी उपाध्याय ‘डिना’ले चुनावपछि पनि निरन्तर जनताको सुखदुःखमै रहने प्रतिबद्धता जनाएकी छिन्। 

शनिबार हेटौँडामा लोकतान्त्रिक–वाम गठबन्धनले गरेको उपमहानगरस्तरीय संयुक्त युवा भेलालाई सम्बोधन गर्दै उनले मतदातासामु पुग्ने क्रममा धेरैले यसअघि जितेर गएका नेताहरू गाउँ नफर्केको गुनासो गरेको भन्दै जनताको समस्या र गुनासो सुन्न कम्तीमा महिनामा एकपटक गाउँगाउँ जाने प्रतिबद्धता जनाएको बताइन्। 

‘म सांसद बन्नका लागि मात्रै तपाईंमाझ आएको होइन, समानुपातिकको सहज बाटोबाटै सांसद बन्न सक्थेँ। मलाई पार्टीका नेताले समानुपातिकमा बस्न आग्रह गर्नुभएकाे थियो। जनताको सुखदुःखमा साथै रहन्छु, यहाँका युवामाझ रहेर काम गर्छु भनेर प्रत्यक्ष चुनाव लड्न आएकी हुँ।’
 
पटक–पटक मन्त्री र माननीय भएका पनि अहिले आफूसँग प्रतिस्पर्धामा रहेको भन्दै डिनाले उनीहरूले मकवानपुरको विकासमा के गरे त्यो खोज्न आग्रह गरिन्। 

‘चुनावमा मत नपुगे पनि हामी निरन्तर मकवानपुरको विकास र यहाँका जनताको सुखदुःखमा साथै छौँ,’ उनले भनिन्, ‘यसपटक गठबन्धनका उम्मेदवारलाई जिताउनुहोस्, त्यसपछिको ५ वर्ष हेर्नुहोस्।’
 
मतदातालाई सचेत गराउने र जनतालाई सही तरिकाले गठबन्धनको पक्षमा भोट हाल्न लगाउन युवाहरूको महत्वपूर्ण भूमिका हुने उनकोे भनाइ थियो। आफूहरू गठबन्धनको साझा उम्मेदवार भएकोले चुनावपछि पनि साझा भएरै काम गर्ने डिनाले प्रतिबद्धता जनाइन्। बजारको समस्या समाधान, कलकारखाना स्थापना, रोजगारीको सिर्जना गर्ने योजना सुनाउँदै डिनाले हेटौँडालाई गर्व गर्नलायक प्रदेश राजधानी बनाउने दाबी गरिन्।