१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक २३ बुधबार
  • Wednesday, 02 July, 2025
नयाँ पत्रिका इस्तानबुल
२o७९ कार्तिक २३ बुधबार २o:o२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

टर्कीमा आगलागी हुँदा नौ सिरियालीको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, इस्तानबुल
नयाँ पत्रिका
२o७९ कार्तिक २३ बुधबार २o:o२:oo

टर्कीको उत्तरपश्चिमी सहर बुर्सामा मंगलबार राति भएको आगलागीमा परी आठ बालबालिकासहित कम्तीमा नौजनाको मृत्यु भएको छ। आगलागीमा परी आठ बालबालिकासहित कम्तीमा नौजनाको मृत्यु भएको इस्तानबुलका गभर्नरले बुधबार पुष्टि गरेका छन्।

मध्यरातमा आगलागी सुरु भएपछि तत्काल अग्निनियन्त्रकलाई बोलाइएको तर आगो निभाउँदासम्म सिरियाबाट टर्कीमा शरण लिँदै आएका एकै परिवारका नौजनाको मृत्यु भएको अधिकारीले बताएका छन्। मृतक सबैलाई राति सुतेको समय निद्रामा नै आगोले जलेको अवस्थामा भेटिएको थियो। प्रान्तीय अधिकारीहरूका अनुसार मृतकहरूमा छजना भाइबहिनी, उनीहरूकी आमा र दुईजना काका–काकी थिए।

ती सबै बालबालिका ११ वर्षमुनिका रहेको बताइएको छ। प्रारम्भिक रिपोर्टअनुसार परिवार सुतिरहेको वेला न्यानोका लागि बालिएको स्टोभ हिटरले नजिकैको सामान सल्किँदा आगलागी भएको थियो। घटनाबारे अनुसन्धान सुरु गरिएको र विस्तृत विवरण रिपोर्ट आउँदासाथ तत्काल सार्वजनिक गरिने गभर्नरको कार्यालयले जनाएको छ। सिरियामा लामो समयदेखि जारी गृहयुद्धबाट भागेका करिब ४० लाख सिरियाली शरणार्थी टर्कीमा आश्रय लिँदै आएका छन्।