१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
रमेश रावल सुर्खेत
Invalid date format १८:o८:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सुर्खेत २ मा कडा टक्कर

Read Time : > 1 मिनेट
रमेश रावल, सुर्खेत
नयाँ पत्रिका
Invalid date format १८:o८:oo

सुर्खेत २ बाट ०४१ देखि नै चुनाव लड्दै आएका हृदयराम थानी र एमाले सुर्खेतका अध्यक्ष अमृत बिसीबीच मुख्य प्रतिस्पर्धाको अनुमान गरिएको छ 

सुर्खेत २ बाट ०४१ देखि नै चुनाव लड्दै आएका हृदयराम थानी योपटक वाम–लोकतान्त्रिक गठबन्धनबाट चुनावी मैदानमा छन्। तीनपटक सुर्खेतबाट विजयी भए पनि उनी ०७३ मा सहकारीमन्त्री बनेका थिए। 

छैटौँपटक चुनावी मैदानमा रहेका कांग्रेस नेता थानी र एमालेका अमृत बिसीबीच निकट प्रतिस्पर्धाको अनुमान गरिएको छ। सहकारी अभियन्ता बिसी एमाले सुर्खेतका अध्यक्षसमेत हुन्। थानीले ०५१, ०५६ र ०७० मा एमाले नेता यामलाल कँडेललाई हराएका थिए। ०६४ को पहिलो संविधानसभा चुनावमा भने थानी कँडेलसँग हारेका थिए। 

०७४ कँडेल प्रदेश सभामा झर्दा झरे भने थानीको प्रतिस्पर्धा एमालेका नवराज रावतसँग भयो। थानी पुनः पराजित भए। ४ मंसिरमा हुने चुनावमा पनि थानी र कँडेलबीच प्रतिस्पर्धा हुने आकलन गरिएको थियो। तर, कँडेल प्रदेश सभामा उम्मेदवार बने भने थानी पुनः प्रतिनिधिसभामा उम्मेदवार बने। 

सुर्खेत २ मा चौकुने, बराहाताल गाउँपालिका र पञ्चपुरी, वीरेन्द्रनगर नगरपालिकाका १४ वडा पर्छन्। गत ३० वैशाखमा भएको स्थानीय निर्वाचनमा चौकुने माओवादीले जितेको छ। पञ्चपुरी नगरपालिका र बराहाताल गाउँपालिका कांग्रेसले जित्दा वीरेन्द्रनगर एमालेले जितेको छ। 

स्थानीय निर्वाचनमा वडाध्यक्ष उम्मेदवारले पाएको मतका आधारमा कांग्रेसको ३० हजार ६१२ मत छ । एमालेको मत ३१ हजार ४०७ रहेको छ। माओवादीले ११ हजार ७३१, राप्रपाले ३ हजार ५२७, एकीकृत समाजवादीले २ हजार ९१ मत पाएको छ। 

थानीलाई अन्तर्घातको चिन्ता
दुईवटा निर्वाचन क्षेत्र रहेको सुर्खेतमा कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र थानीबीच लामो समयदेखि तिक्तता छ। उपसभापति खड्का कांग्रेस संस्थापन पक्षका हुन् भने थानी संस्थापन इतरपक्षका हुन्। ०७४ को स्थानीय चुनावमा नौ पालिकामध्ये ६ वटा जितेको कांग्रेस थानी र खड्काबीचको तित्तताकै कारण योपटक चार पालिकामा खुम्चिएको बताइन्छ। यद्यपि, खड्का र थानी दुवैले स्थानीय चुनावको तिक्तता मेटिसकेको बताउने गरेका छन् । 

‘सुर्खेत कांग्रेस मिलिसकेको छ। तपाईंहरू मिल्नुहोस्, हामीले जित्नुपर्छ । कांग्रेस जित्नुपर्छ, गठबन्धनले जित्नुपर्छ,’ थानीले हालै एउटा चुनावी सभामा भनेका थिए, ‘गठबन्धन कांग्रेस जिताउनका लागि भएको हो। अहिले विगतमा जस्तो कांग्रेसमा आन्तरिक किचलो छैन। हामी मिलिसकेका छौँ।’

बिसीलाई सहकारीको भर
एमाले उम्मेदवार बिसी सहकारी अभियन्ता हुन्। सहरी अभियन्ताका रूपमा बनाएको छवीले आफूलाई चुनाव जित्न सहज हनुे उनको ठम्याइ छ। 

समान एजेन्डा
थानी र बिसीका चुनावी मुद्दा एकै प्रकारका छन्। दुवैका चुनावी मुद्दा वीरेन्द्रनगरलाई नमुना सहर बनाउने, खानेपानी समस्या समाधान गर्ने, कृषि, पर्यटन, प्रविधि, जलविद्युत् र सडक सञ्जाल विस्तार रहेका छन् ।