१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ कार्तिक २१ सोमबार ११:२५:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

व्यायाम गर्दा यी कुरामा ध्यान दिनुस्

Read Time : < 1 मिनेट
२०७९ कार्तिक २१ सोमबार ११:२५:००

तपाईंको शरीरलाई स्वस्थ राख्न व्यायाम आवश्यक छ । जिम सेन्टर गएर वा घरमै पनि व्यायाम गरेर आफ्नो शरीरलाई फिट राख्न सकिन्छ । पछिल्लो समय शरीर आकर्षक बनाउन जिम सेन्टर धाउने युवाहरूको जमात बढ्दो छ । कतिपय युवामा धेरै तौल उचालेपछि शरीर आकर्षक बन्छ वा शरीरमा सिक्स प्याक देखिन्छ भन्ने भ्रम पनि छ । शरीर आकर्षक बनाउन धेरै तौल उचालेर मात्रै हुँदैन । पहिले आफ्नो शरीरको वनावट, तौल, उमेर आदि विषयमा जानकार हुनुपर्छ । त्यसपछि दक्ष ट्रेनरको सल्लाहमा गाइडलाइन्सहरू फलो गर्नुपर्छ । 

वर्कआउटसँगै शरीरलाई आवश्यक पर्ने डाइट पनि लिनुपर्छ । शरीरको तौलअनुसार उसलाई प्रोटिन चाहिन्छ भन्ने निर्धारण गरेर प्रोटिनयुक्त आहार लिनुपर्छ । अंकुराएको खानेकुरा अधिक मात्रामा खाँदा राम्रो हुन्छ । सोयाबिन, ओट्स, चिकेन चेस्ट, माछा, अन्डाको सेतो भाग, ब्रोकाउली, सलादलगायतका खानेकुरा खाँदा राम्रो हुन्छ । सुप, हरियो तरकारी शरीरका लागि आवश्यक हुन्छ । दिनमा कम्तीमा तीनदेखि पाँच लिटरसम्म पानी पिउन जरुरी छ । जिम गर्नेले आफ्नो शरीरलाई हाइड्रेट गरिराख्नुपर्छ । 

शारीरिक सुगठनका लागि मात्र कम्तीमा सात–आठ घन्टा सुत्नैपर्छ । पर्याप्त निद्रा पुगेन भने जतिसुकै व्यायाम गरे पनि शरीर फिट रहन सक्दैन । हाम्रो मानसिक स्वास्थ्यका लागि पनि निद्रा महŒवपूर्ण छ । त्यसैले स्वस्थ शरीरका लागि व्यायाम र पर्याप्त निद्रा आवश्यक छ ।