मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक २० आइतबार
  • Saturday, 08 February, 2025
दाङको बबई गाउँपालिका– १ गँगटेस्थित सरस्वती जनता माविका विद्यार्थीलाई अभिभावकलाई सूर्य चिह्नमा भोट हाल्न लगाउन अनुरोध गर्दै ।     तस्बिर : नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२o७९ कार्तिक २० आइतबार o६:१२:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

आचारसंहिताविपरीत विद्यार्थीमाझ प्रचार गरेकी एमाले उम्मेदवार कोमल वलीलाई स्पष्टीकरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ कार्तिक २० आइतबार o६:१२:oo

निर्वाचन आयोगले दाङ ३ की एमाले उम्मेदवार कोमल वलीलाई २४ घन्टे स्पष्टीकरण सोधेको छ । चुनाव प्रचार गर्न विद्यालयमै पुगेको, अभिभावकलाई एमालेको सूर्य चिह्नमा मत हाल्न बालबालिकालाई दबाब र प्रलोभनमार्फत प्रभाव पार्न खोजेको घटनामा आयोगले शनिबार स्पष्टीकरण सोधेको हो । 

निर्वाचन आचारसंहिता २०७९ को दफा १३ (१) (ट) मा राजनीतिक दल, उम्मेदवार, दलको भ्रातृ संगठन तथा सम्बन्धित व्यक्तिले ‘निर्वाचन प्रचारप्रसार, आमसभा तथा जुलुसमा बालबालिकाको प्रयोग गर्न वा गराउन नहुने’ व्यवस्था उल्लंघन गर्दै मतदाता प्रभावित पार्न नाबालिग विद्यार्थी प्रयोग गरेपछि आयोगले उम्मेदवार वलीसँग जवाफ मागेको छ । ‘तपाईंले आचारसंहिताको दफा १३ (१) (ट) को प्रतिकूल हुने गरी प्रचारप्रसार गर्नुभएको होइन भन्ने आधार, प्रमाण के छ ? तपाईंले किन जानाजान रूपमा निर्वाचन आचारसंहिताको उल्लंघन हुने कार्य गर्नुभएको हो ?’ आयोगले सोधेको छ । 

चुनाव प्रचारप्रसारमा बालबालिकाको प्रयोग गर्नुहुँदैन भन्ने जानकारी हुँदाहुँदै सो कार्य गरेको देखिएकाले आचारसंहिताको उल्लंघनमा निर्वाचन आयोग ऐनको दफा २३ (३) र (४) एक लाखसम्म जरिवाना र उम्मेदवारी खारेजसम्मको कारबाही किन नगर्ने भनी चेतावनी दिँदै आयोगले वलीलाई २४ घन्टाभित्र जवाफ पठाउन निर्देशन दिएको छ ।

दाङ ३ मा एमाले उम्मेदवार वली र प्रदेश (ख) उम्मेदवार हुकुम बस्नेतले बिहीबार आफ्नो क्षेत्रभित्र पर्ने बबई गाउँपालिका– १ गँगटेस्थित सरस्वती जनता माविमा विद्यार्थी भेला गराएर आफ्ना अभिभावकलाई सूर्य चिह्नमा भोट हाल्न लगाउन भनेका थिए । उनीहरूले बालबालिकालाई एमालेको पोस्टर–पम्प्लेट वितरणसहित भाषण तथा नाचगान गरेका थिए । वलीले भने आफू कलाकारको हैसियतमा विद्यालय पुगेको दाबी गरेकी छिन् ।