१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १९:o७:oo
Read Time : < 1 मिनेट
विश्व

शिव सेनाका नेता सुरीको गोली हानी हत्या

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १९:o७:oo

शिव सेनाका नेता सुधीर सुरीको शुक्रबार अमृतसरमा गोली हानी हत्या गरिएको छ। अमृतसरको गोपाल मन्दिरनजिकै विरोध प्रदर्शनका क्रममा गोली चलेको थियो। 

घटना लगत्तै सुरीलाई अस्पताल लगिएको थियो जहाँ उनको मृत्यु भएको हो। प्रहरीले घटनास्थलमा पुगेर आरोपीलाई पक्राउ गरेको छ। 

प्रहरीले आरोपितबाट हतियार समेत बरामद गरेको अमृतसरका प्रहरी आयुक्त अरुण पाल सिंहले जनाएका छन्। घटना बारे थप अनुसन्धान जारी छ।