१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
कञ्चनपुर क्षेत्र नम्बर-१मा बाम लोकतान्त्रिक गठबन्धनको बैठकमा चारै दलका सहभागि नेताहरु
मोहन विष्ट कञ्चनपुर
२o८१ बैशाख २० बिहीबार o९:४५:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

कञ्चनपुर १ : एकीकृत समाजवादी पनि वाम–लोकतान्त्रिक गठबन्धनको प्रचारमा 

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o९:४५:oo

नेकपा (एकीकृत समाजवादी) पार्टी कञ्चनपुरले क्षेत्र नम्बर १ मा वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेवार जिताउन चुनावमा होमिने जनाएकाे छ । केन्द्रमा चार सत्ताधारी वाम–लोकतान्त्रिक गठबन्धनमा आबद्ध दलहरूको निर्णयअनुरूप नेकपा (एकीकृत समाजवादी) पार्टी क्षेत्र नम्बर १ मा वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार जिताउन प्रचार–प्रसारमा हिँड्ने भएकाे हाे । 

बुधबार निर्वाचन क्षेत्र नम्बर १ मा वाम–लोकतान्त्रिक गठबन्धनमा आबद्ध कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाको बैठकले आगामी ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि क्षेत्र नम्बर १ मा गठबन्धनकै उम्मेदवार जिताउने गरी समाजवादीले समेत औपचारिक रूपमा सहभागिता जनाउने निर्णय गरेको हो ।

वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य विना मगर, क्षेत्र नम्बर २ (क)का प्रदेश सभा सदस्यका उम्मेदवार दिवानसिंह विष्टसहित वाम–लोकतान्त्रिक गठबन्धनका नेताहरूको उपस्थितिमा बसेको बैठकले केन्द्रमा भएको सहमतिअनुरूप क्षेत्र नम्बर १ मा पनि समाजवादीले प्रचारप्रसारमा खटिने निर्णय गरिएको वाम–लोकतान्त्रिक गठबन्धन प्रतिनिधिसभा मूल परिचालन समितिका संयोजक लोकेन्द्र लम्सालले बताए । ‘केन्द्रीय निर्णयअनुरूप अब समाजवादीले समेत क्षेत्र नम्बर १ मा संघ र प्रदेशतर्फका तीनै उम्मेदवार विना मगर, दिवानसिंह विष्ट र बन्धु रानालाई जिताउन खटिनेछन् ।’ 

वाम–लोकतान्त्रिक गठबन्धन प्रतिनिधिसभा मूल परिचालन समितिका सहसंयोजक गोपीप्रसाद उपाध्यायले केन्द्रीय गठबन्धनको मर्म र भावनाअनुरूप समाजवादीसमेत औपचारिक रूपमा क्षेत्रमा खटिने बताए । निर्वाचन क्षेत्र नम्बर १ (ख)का निर्वाचन परिचालन समिति संयोजक चेतनकुमार राईले गठबन्धनको भावनाअनुरूप संघमा समाजवादीका तर्फबाट मूल परिचालन समितिमा तिलक भट्ट, विनोद नेपाली र वीरबहादुर विष्टलाई जिम्मेवारी दिइएको बताए । 

यस्तै, प्रदेश सभा निर्वाचन परिचालनतर्फ वीरबहादुर बडुवाल, गोपाल पन्त, दिलबहादुर खड्का, मायाराम शर्मा, दीर्घराज जोशी, डम्बर खड्का, मञ्जु सुनार, शमशेरसिंह पेला र अमृत सिनाललाई जिम्मेवारी दिइएको छ । बैठकमा नेकपा (एकीकृत समाजवादी) कञ्चनपुरका जिल्ला अध्यक्ष जीवन थापाले केन्द्रीय मर्म र भावनाअनुरूप क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्य विना मगर, (क) बन्धु राना र (ख) दिवानसिंह विष्टलाई भारी मतले विजयी गराउने प्रतिबद्धता जाहेर गरेका छन् । 
 

ad
ad