मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ कार्तिक १६ बुधबार
  • Friday, 14 August, 2026
२o७९ कार्तिक १६ बुधबार १९:१२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

डेंगु संक्रमणबाट लमजुङकी २३ वर्षीया पत्रकारको निधन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ कार्तिक १६ बुधबार १९:१२:oo

डेंगु संक्रमणबाट लमजुङमा एक पत्रकारको निधन भएको छ। संक्रमणबाट  लमजुङको रेडियो भोटेओडारमा कार्यरत पत्रकार चाँदनी अधिकारीको निधन भएको हो।

समाचार शाखामा कार्यरत अधिकारीको २३ वर्षको उमेरमा बुधबार निधन भएको छ। सामान्य ज्वरो र बान्ताको समस्या देखिएपछि मंगलबार लमजुङको सदरमुकाम बेँसीसहरस्थित मोडल हस्पिटलमा भर्ना गरिएको थियो। समस्या बढ्दै गएपछि मंगलबार राति उपचारको लागि नयाँ चितवन मेडिकल कलेज भरतपुर रिफर गरिएको थियो। 

मेडिकल कलेजमा उपचारको क्रममा बुधबार बिहान साढे ६ बजे चिकित्सकले अधिकारीलाई मृत घोषणा गरेका थिए। विगत डेढ वर्षदेखि रेडियो भोटेओडारमा कार्यरत अधिकारी प्रेस सेन्टर नेपाल लमजुङको सचिव, सञ्चारिका समूह लमजुङको सहसचिव थिइन्। अधिकारीको निधनको दुःखद घडीमा नेपाल पत्रकार महासंघ लमजुङ शाखा, प्रेस सेन्टर लमजुङ र रेडियोले शोक विज्ञप्ति जारी गरी दुःख व्यक्त गरेको छ।