१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
अरुण क्षेत्री, अभिनेता
नयाँ पत्रिका काठमाडाैं
२०७९ कार्तिक १६ बुधबार ०९:४७:००
Read Time : < 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

फिटनेस : घरमै व्यायाम गर्छु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ कार्तिक १६ बुधबार ०९:४७:००

मेरो फिटनेस

पहिले मेरो ज्यान निकै पातलो थियो । डान्स गर्न थालेपछि शरीरको तौल बढ्यो । कलाकारिता क्षेत्रमा बाहिरी लुक्सले पनि उत्तिकै महत्व राख्छ । त्यसैले ज्यानलाई सुगठित र सन्तुलित राख्न जिम सेन्टर जान थालेँ । ६–७ महिना जिम गएर नियमित व्यायाम गर्ने बानी बसालेपछि आजकल घरमै व्यायाम गर्छु ।

जिम सेन्टर जाँदा फाइदै हुन्छ । किनभने, अनुशासनमा बसिन्छ । स्वस्थ र सन्तुलित खानपान गर्ने बानी बस्छ । जीवनशैली परिवर्तन हुन्छ । हामीमध्ये धेरैमा एक वा दुई महिना जिम सेन्टर गएर त्यसपछि छाड्ने बानी हुन्छ ।

तर, जिम कम्तीमा ६ महिनाचाहिँ जानैपर्ने रहेछ । एक–दुई महिना जिम सेन्टर गएर ज्यान बन्दैन । शारीरिक रूपमा फिट रहन जिम सेन्टर जानैपर्छ भन्ने होइन । तपाईंले घरमै बसेर पनि एक्सरसाइज गर्न सक्नुहुन्छ ।

खानेकुरामा विशेष ध्यान दिन्छु । विशेषगरी, तेल र मसाला कम हालेका खानेकुरा खान्छु । जंकफुड हत्तपत्त खाँदिनँ । दाल–भात–तरकारी, माछा, मासु सबै खान्छु । पानी पर्याप्त पिउँछु । केरा, स्याउलगायत सिजनअनुसारको फलफूल खाने गर्छु ।