१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार o८:३२:oo
Read Time : < 1 मिनेट
ad
ad
मल्टिमिडिया डिजिटल संस्करण

तस्बिरमा नारायणी नदी किनारको छठ (फोटोफिचर)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o८:३२:oo

उदाउँदो सूर्यलाई अर्घ दिएसँगै यस वर्षको छठ पूजा समापन भएको छ । सूर्यलाई अर्घ दिन नारायणगढस्थित नारायणी नदी किनारमा भक्तजनको बाक्लो उपस्थिति थियो । व्रतालुले नदी तलाउमा बनाइएका पूजास्थलहरूबाट आइतबार साँझ अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिएका थिए । अस्ताउँदो सूर्यलाई अर्घ दिएपछि व्रतालु परिवार रातभर पूजास्थलमा जाग्राम बसेका थिए । यहाँ तराई सामुदायिक सेवा केन्द्रले छठ पूजा व्यवस्थापन गरेको थियो । 

छठ मिथिला क्षेत्रमा विशेष रूपले मनाइने गरिन्छ । तर, पछिल्ला वर्षहरूमा छठको ख्याति देशभर फैलिएको छ । चितवनमा मिथिला क्षेत्रका मात्रैले नभएर स्थानीयले पनि छठको पूजा गरेका थिए । चितवनमा नारायणगढस्थित नारायणी किनारमा मात्रै नभएर गीतानगर, पटिहानी, पदमपुर, माडीलगायतका खोला तथा जलाशयहरूमा पनि छठ मनाउनेहरूको भिडभाड थियो । तस्बिरमा नारायणी नदी किनारको छठ :

ad
ad