१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २३ आइतबार २३:o१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

नेमकिपाको घोषणापत्र : नेपालको सम्पत्ति र पुँजी विदेश लैजान रोक लगाउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार २३:o१:oo

नेपाल मजदुर किसान पार्टीले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । मंगलबार काठमाडौंमा एक औपचारिक कार्यक्रमकाबीच पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले पार्टीको घोषणा सार्वजनिक गरे । 

घोषणापत्रमा नेपालको सम्पति र पुँजीलाई विदेशमा लान नपाउने ऐन, कानून तत्काल बनाउनुपर्नेमा जोड दिइएको छ । त्यस्तै, अपराधीहरूको पक्ष लिने र अपराधलाई प्रोत्साहन गर्नेहरूलाई कानून उल्लंघन गरेको अपराध मानि दण्ड, जरिवाना, असुल उपर गराउने गरी नयाँ विधेयक निर्माणका लागि पार्टीले आवाज उठाउने उल्लेख गरिएको छ । 

घोषणापत्रको सारसंक्षेप प्रश्तुत गर्दै नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले ठेक्का लिएर काम नगर्ने ठेकेदारहरूलाई कडा सजायका साथमा ठेक्काबाट बञ्चित गर्ने ऐन, कानून बनाउन आफ्ना प्रतिनिधिहरूले संसदबाट आवाज उठाउने बताए । 

उनले शिक्षा क्षेत्रको बजेट बढाउनका लागि पनि आवाज उठाउने उल्लेख गरे । त्यस्तै, मल, कारखाना खोल्ने, नहर र पानी पोखरीहरू बनाई सिंचाइको बन्दोबस्त गर्न सबै जिल्लामा कृषि विकासबारे योजना तत्काल सुरु गराउन आफूहरूले संघर्ष गर्ने पनि उनले बताए । 

नेमकिपाले नयाँ पुस्तालाई नागरिकशास्त्र, अर्थशास्त्र, भूगोल, इतिहास, संस्कृति र राजनीतिशास्त्रको अध्ययनमा ध्यान दिन सबै विश्वविद्यालयलाई घच्घच्याउने गरी शैक्षिक अभियान आवश्यक रहेको बताएको छ । सचिव सुवालले स्थानीय तहलाई स्वायत्तता र विकेन्द्रीकरणको अधिकार दिइएको खण्डमा संघीयताको आवश्यता नरहेको कुरामा नेमकिपाको अडान रहेको स्पष्ट पारे ।

ad
ad