१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ कार्तिक ५ शनिबार ०७:३०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सर्वसाधारणसँग ओलीको चार घन्टा टेलिफोन संवाद

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ कार्तिक ५ शनिबार ०७:३०:००

एमाले अध्यक्ष केपी ओलीले मतदातासँग चार घन्टा टेलिफोन संवाद गरेका छन् । पार्टी केन्द्रीय कार्यालय च्यासलबाट ओलीले मतदातासँग शुक्रबार चार घन्टा टेलिफोन संवाद गरेका हुन् । 

टेलिफोन संवादपछि उनले सुझाव लिन पाएकोमा उत्साहित भएको प्रतिक्रिया दिए । टेलिफोन संवादका लागि ओलीले फेसबुकमार्फत नाम र नम्बर टिपाउन सार्वजनिक आह्वान गरेका थिए । ओलीसँग कुरा गर्न इच्छुकले मंगलबार साँझदेखि बिहीबार मध्याह्नसम्म नाम र नम्बर टिपाएका थिए ।

टिपाइएकामध्ये गोलाप्रथाबाट नाम छनोट गरी ओलीले टेलिफोन गरी संवाद गरेको केन्द्रीय प्रचार विभागका सचिव गगन विष्टले जानकारी दिए । ओलीले यस्तो संवादलाई निरन्तरता दिने बताएका छन् । 

‘तपाईंहरूसँग भएका कुराकानीले उत्साहित छु । दुई लाख नौ हजार एक सय १६ जनाले नाम टिपाउनुभएकाले सबैसँग कुरा गर्न पाइनँ । क्रमैसँग कुरा गर्दै जानेछु,’ ओलीले फेसबुकमा भनेका छन् ।

संवादका क्रममा सर्वसाधारणले चुनावी घोषणापत्र, अबका सरकारले गर्नुपर्ने कामलगायत विविध विषयमा केन्द्रित रहेर सुझाव दिएको प्रचार विभाग सचिव विष्टले जानकारी दिए । ओलीले नाम टिपाएकामध्ये गोलाप्रथाबाट छनोट भएका सर्वसाधारणसँग मात्र कुराकानी गरेका हुन् । 

‘जनताको महाअदालतले सही फैसला गर्नेछ’
उता, पार्टीको भ्रातृ संगठन नेपाल आदिवासी जनजाति संगठनद्वारा आयोजित बृहत् अन्तरक्रिया कार्यक्रममा ओलीले आगामी ४ मंसिरको जनताको महाअदालतले एमालेलाई बहुमतमा पुर्‍याउने गरी फैसला गर्ने बताए । ‘मंसिर ४ गते जनताको राष्ट्रिय अदालत, महाअदालत बस्दै छ । त्यसले महाफैसला गर्दै छ । त्यो सही हुनुपर्छ, एमालेलाई बहुमत ल्याउने गरी तपाईंहरू लाग्नुपर्छ,’ ओलीले भने ।