मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ कार्तिक ४ शुक्रबार ०८:४२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

माछा मार्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु 

Read Time : < 1 मिनेट
२०७९ कार्तिक ४ शुक्रबार ०८:४२:००

माछा मार्ने क्रममा करेन्ट लागेर तुलसीपुरमा एक युवकको मृत्यु भएको छ । बिहीबार बेलुका ५ बजेको समयमा तुलसीपुर– ११ क्वाङीखोलामा  माछा मार्ने क्रममा करेन्ट लाग्दा तुलसीपुर– ११ बाघखोलीनिवासी २० वर्षीय विपिन सुनारको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । 

सुनारको शव राप्ती प्रादेशिक अस्पतालको शवगृहमा राखिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीले जानकारी दिए ।