१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
टेकराज थामी काठमाडौं
Invalid date format १८:o४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

धरौटीमा छुटे कमेडियन अपूर्व 

Read Time : < 1 मिनेट
टेकराज थामी, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:o४:oo

नेवाः संस्कृतिमाथि मजाक गरेको आरोपमा पक्राउ परेका ‘स्ट्यान्ड अप कमेडियन’ अपूर्व क्षितिज सिंह दुई लाख पचास हजार धराैटीमा हिरासतमुक्त भएका छन्।

अपूर्वको पक्षबाट बहसमा उत्रिएका अधिवक्ता दिनेश त्रिपाठीले अपूर्व दुई लाख ५० हजार धरौटीमा छुटेको जानकारी दिए। उनी गत सोमबारदेखि प्रहरी हिरासतमा थिए।  

जिल्ला अदालत काठमाडौंबाट बिहीबार अपूर्व धरौटीमा हिरासतमुक्त भएका हुन्। एक सय चार नेवाः अभियन्ताको जोहेरीपछि उनलाई प्रहरीले गत १२ भदौमा पक्राउ गरेको थियो। 

सर्लाही हरिवनका अपूर्वविरुद्ध प्रहरीले मुलुकी अपराध संहिता २०७४ को दफा १६० अन्तर्गत भेदभावपूर्ण व्यवहार गर्न नहुने, दफा ६५ अन्तर्गत सार्वजनिक शान्ति खलल पार्न नहुने, दफा १६६ अन्तर्गत जातपातका आधारमा छुवाछुत वा अन्य भेदभावपूर्ण व्यवहार गर्न नहुने र दफा १६८अनुसार अपमानजनक वा अमावनीय व्यवहार गर्न नहुने कसुरमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा मुद्दा दर्ता गराएको थियो। 

अभियोगपत्रमा प्रहरीले उनीविरुद्ध पाँच वर्ष कैद सजायको माग–दाबी गरेको थियो। कमेडियन अपूर्वले गत १० भदौमा एउटा ‘स्ट्यान्ड अप कमेडी’ भिडियो युट्युबमा अपलोड गरेका थिए। उक्त भिडियोमा नेवाः संस्कृतिमाथि मजाक उडाइएको भन्दै आलोचना भएकाे थियाे।  

नेवाः अभियन्ताले उनीविरुद्ध जाहेरी दिए। १२ भदौमा अपूर्व पक्राउ परेका थिए। आफ्नो कमेडीमाथि आलोचनासँगै आफूविरुद्ध जाहेरी पनि परेपछि अपूर्वले उक्त भिडियो युट्युबबाट हटाएर नेवाः अभियन्ताहरूसँग माफी मागेका थिए। 

तर, किटानी जाहेरी परेपछि प्रहरीले उनलाई हिरासतमा लिएकाे थियाे। हिरासत बसेको ११ दिनपछि उनमा कोभिड संक्रमण देखियो। त्यसपछि मात्रै प्रहरीले तारेखमा छाडिदियो।

तर, जब मुद्दा बुझाउन प्रहरीले उनलाई सोमबार सरकारी वकिल कार्यालय बोलायो, त्यहीँ पक्राउ गर्‍यो र पुनः हिरासतमा राखेको हो।