१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ कार्तिक ३ बिहीबार १७:०३:००
Read Time : > 2 मिनेट
अर्थ डिजिटल संस्करण

ह्वावे नेपालको 'सिड्स फर द फ्युचर' कार्यक्रम समापन

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ कार्तिक ३ बिहीबार १७:०३:००

ह्वावे नेपालको यस वर्षको ‘सिड्स फर द फ्युचर’ आइसिटी सम्बन्धित विषयका स्नातक तहका विद्यार्थीका लागि गरेको ‘ग्लोबल फ्ल्यागसिप सिएसआर’ कार्यक्रम एक समारोहबीच समापन गरिएको छ।

कार्यक्रम पहिलोपटक थाइल्यान्डमा २००८ मा सुरु भएको थियो। त्यसलगायत १३० भन्दा बढी देश र क्षेत्रका १२,००० भन्दा बढी विद्यार्थीहरूले कार्यक्रममा भाग लिएका छन्।

यस वर्ष नेपालभरबाट २५६ आवेदन प्राप्त भएको कम्पनीले जनाएको छ। त्यसपछि प्रा.डा. शशिधरराम जोशी, प्रा. तिमिला यमी थापा, प्रा.डा. सुवर्ण शाक्य र प्रा.डा. मनिष पोखरेलले लिएको जिपिए, प्रेरणापत्र र छनोट अन्तर्वार्ताका आधारमा सातजना विद्यार्थी छनोट भएका थिए।

काठमाडौं विश्वविद्यालयका निर्माण खड्का, मदन भण्डारी मेमोरियल कलेजका वंशज पौडेल, ख्वप इन्जिनियरिङ कलेजका जतिन भुसाल, पुल्चोक क्याम्पसकी रीया बैद्य, पुल्चोक क्याम्पसकै नदिका पौडेल, काठमाडौं विश्वविद्यालयकी प्रज्ञा मल्लिक र अमृत साइन्स क्याम्पसकी अजु तामाङ नेपालबाट छनोट भए।

जुलाईमा छनोट भएदेखि विद्यार्थीहरूले विभिन्न संलग्नताहरूमार्फत नेपालको आइसिटी उद्योगमा इन्साइट प्राप्त गरे। विद्यार्थीहरूले नेपालमा डाटा सेन्टर व्यापारसम्बन्धी कक्षाहरू लिए, डिसहोमका कार्यालयहरूमा गएर एफटिटिएच इन्टरनेटले कसरी काम गर्छ भन्ने कुरा सिके र काठमाडौंको चाइना कल्चर सेन्टरमा भएको चाइनिज क्यालिग्राफी र चाइनिज पेपर कटिङ वर्कसपमा भाग लिए। युनेस्कोले संगठनको दी नेक्स्ट अभियानको एक हिस्साको रूपमा विद्यार्थीहरूलाई पनि संलग्न गराउँदै आएको छ ।

विद्यार्थीहरूले अगस्ट १९ देखि अगस्ट २७ सम्म बैंककमा आयोजित पहिलो क्षेत्रीय अनसाइट कार्यक्रममा भाग लिएका थिए, जहाँ उनीहरूले मेटाभर्स, फाइभ जी , एआई , क्लाउड कम्प्युटिङ, डिजिटल पावर र अन्य इमर्जिंग प्रविधिहरूका बारेमा सिकेका थिए र फाइभ जीका व्यावहारिक एप्लिकेसनहरू हेर्नुका साथसाथै १६ देशका ११६ विद्यार्थीहरूसँग क्रस–कल्चरल शिक्षामा पनि सहभागी भएका थिए। उनीहरूले टेक फो गुड प्रतियोगितामा भाग लिए जहाँ उनीहरूलाई रियल–वर्ल्ड वातावरणीय वा सामाजिक समस्याहरूविरुद्ध लड्न मौलिक विचारको साथ आउन आवश्यक थियो। क्लाउड, एआई र ब्लकचेन प्रविधि प्रयोग गरेर नक्कली औषधि पत्ता लगाउनको लागि अद्वैत, वान–स्टेप सोलुसनको आफ्नो विचार पनि प्रदर्शन गरे ।

अगस्ट २९ देखि सेप्टेम्बर २ सम्म सिंगापुरमा आयोजित टेक फो गुड एक्सेलेटर क्याम्पमा सहभागी हुन २४ मध्ये ७ विजेता टोलीमध्ये टिम नेपाल एक थियो। सिंगापुरमा विद्यार्थीहरूले सिंगापुरस्थित ह्वावे कार्यालयको भ्रमण गरे। उनीहरूले आफूलाई तोकिएको सल्लाहकारसँग काम गर्दा व्यवसाय मोडेल विकास र डिजाइन थिंकिङको बारेमा पनि सिके। उनीहरू आफ्नो विचार सुधार गर्न सक्षम भए र यसलाई कसरी लगानीकर्ताहरूमाझ ल्याउने भनेर सिके। विद्यार्थीहरू फर्किएपछि सेप्टेम्बरको अन्त्यमा मुक्तिनाथमा ह्वावे–निर्मित बेस स्टेसनको पनि भ्रमण गरेका थिए।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव अनिलकुमार दत्तले समापन समारोहमा सहभागी हुन पाएकोमा र प्रतिभाशाली विद्यार्थीलाई भेट्न पाएकोमा खुसी व्यक्त गरे। उनले युवामा लगानी गरेर भविष्यमा लगानी गरिरहेको बताउँदै विद्यार्थीले नेपालमा आफ्नो करियर अगाडि बढाउने विश्वाससमेत व्यक्त गरे।

छनोट समितिका सदस्यहरूले थाइल्यान्डमा विद्यार्थीहरूको उपलब्धिमा गर्व व्यक्त गरे। प्रा‌.डा. शशिधरराम जोशीले सिड्स फर द फ्युचर कार्यक्रममा छनोट भएकोमा विद्यार्थीहरूलाई बधाई दिए। थाइल्यान्ड र सिंगापुरमा भएको ज्ञान आदानप्रदान सेसनले उनीहरूलाई आफ्ना विचारहरू प्रस्ट्याउन मद्दत गरेको र उनीहरू भविष्यका उद्यमी बन्न सक्ने उनले आशा व्यक्त गरे ।

प्रा. तिमिला यामी थापाले सिड्स फर द फ्युचर विद्यार्थीका लागि आफ्नो प्रतिभा र सिपलाई परिष्कृत गर्ने ठूलो अवसर भएको बताए। प्रा.डा. सुवर्ण शाक्यले सिड्स फर द फ्युचरजस्ता सी एस आर कार्यक्रमहरूमा ध्यानकेन्द्रित गरेको र नेपाललाई सहयोग गरेकोमा ह्वावेलाई धन्यवाद व्यक्त गरे। 'मलाई आशा छ ह्वावेले भविष्यमा अनुसन्धानमा आधारित सहकार्यका लागि विश्वविद्यालयहरूसँग पनि काम गर्नेछ', उनले भने।

नेपाल सरकारको इ–गभर्मेन्ट आयोगका प्रमुख कार्यकारी अधिकृत दीपेश विष्टले यति सानै उमेरमा ह्वावेको सिड्स फर द फ्युचरजस्तो प्लेटफर्म पाउने विद्यार्थीहरू भाग्यमानी भएको बताए। 'यस्तो कार्यक्रम १५ वर्ष पहिले सुरु भएको भए म सहभागी हुने थिएँ। यो देशलाई अझ राम्रो बनाउन प्रयास गरेकोमा म ह्वावेलाई धन्यवाद दिन चाहन्छु,' उनले भने ।

ह्वावे नेपालका प्रमुख कार्यकारी अधिकृत विलियम चाङले ह्वावेले प्रतिभाशाली विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय एक्सपोजर र सिकाइको लागि प्लेटफर्म उपलब्ध गराउन सक्षम भइरहन चाहेको बताए ।