१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
दीपक भट्ट रामेछाप
२o८१ जेठ २ बुधबार ११:५९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

वनमा आगो लगाउँदै हिँड्ने एक किशोर पक्राउ

Read Time : < 1 मिनेट
दीपक भट्ट, रामेछाप
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार ११:५९:oo

जिल्लाका विभिन्न सामुदयिक वनमा आगो लगाउँदै हिँड्ने एक किशोरलाई प्रहरीले आगो लगाउँदै गर्दा पक्राउ गरेको छ । 
पक्राउ पर्नेमा रामेछाप नगरपालिका– ३ साँघुटारका १९ वर्षीय सुवास महत रहेका छन्।

उनले आफ्नै गाउँको कालिकादेवी सामुदायिक वनमा आगो लगाउँदै गर्दा जंगलबाट प्रहरीले पक्राउ गरेको  हो । महतले सामुदायिक वनको विभिन्न ठाउँमा आगो लगाउँदै हिँडेको स्थानीयले देखेपछि प्रहरी चौकी साँघुटारमा खबर गरेका थिए ।

स्थानीयले दिएको सूचनाको आधारमा घटनास्थलमा पुगेको प्रहरीले आगो लगाउँदै गर्दा महतलाई पक्राउ गर्न सफल भएको हो। आगलागीमा संलग्न रहेका महतलाई प्रहरीले अदालतवाट म्याद थप गरी आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय रामेछापमा बुझाएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक प्रदीपकुमार सिंहले जानकारी दिए ।

प्रहरीले पक्राउ गरेका महतले विभिन्न सामुदायिक वनमा आगो लगाएको स्वीकार गरेको डिभिजन वन कार्यालय रामेछापका डिभिजन वन अधिकृत ओमसागर भण्डारीले बताए । उनले भने, ‘पक्राउ परेका महतलाई वन ऐनअनुसार कारबाही हुन्छ।’ 

ad
ad