१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:११:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

देउवालाई डा. भट्टराईको प्रश्न- विद्वान् ‘वाग्लेहरू’ले टिकट नपाउने, अनि देश बन्छ ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:११:oo

नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले कांग्रेसले अर्थविद् डा. स्वर्णिम वाग्लेलाई टिकट नदिएकोप्रति असन्तुष्टि जनाएका छन्। 

शुक्रबार एसोसिएसन अफ चार्टर्ड एकाउन्टेन्ट्स (एक्यान) ले गरेको दिगो आर्थिक विकास विषयक सम्मेलनमा बोल्दै उनले कांग्रेसले वाग्लेलाई टिकट नदिएको भन्दै असन्तुष्टि जनाएका हुन्। 

उनले कांग्रेसप्रति कटाक्ष गर्दै देशकै ठूलो भन्ने दाबी गर्ने कांग्रेसले विद्वान् व्यक्तित्वहरूलाई निर्वाचन लड्नबाट वञ्चित गराएर देश विकास हुन नसक्ने बताए। 

डा. भट्टराईले विज्ञहरूलाई देशभन्दा बाहिर पठाएर मुलुकभित्र गरिब, निमुखा मात्रै बस्ने हो भने दिगो आर्थिक विकास गर्न समस्या हुने औँल्याए।  

उनले भने, ‘हामीले दोहोरो कर्म गर्ने आफूतिर नहेर्ने। उपदेश दिने। ठूला कुरा गर्ने। अन्त्यमा देश छाडेर अन्य देशमा गएर बस्ने र नेपालमा गरिब, निमुखा मात्रै बस्ने हो भने नेपाल कहिल्यै पनि बन्दैन। नेपालको सबै कुरा बुझ्ने विद्वान् स्वर्णिम वाग्ले हुनुहुन्छ। वाग्लेजस्तो मान्छेलाई आफूलाई सबैभन्दा ठूलो लोकतन्त्रिक भन्ने पार्टीले चुनाव लड्ने टिकट पनि दिएन। अनि देश बन्छ ?’

उनले समयको व्यवस्थापन गर्न नसकेसम्म देशको समृद्धि नहुने भन्दै आर्थिक विकास र मुलुकमा उत्पादन बढाएर दिगो विकास गर्नु आवश्यक रहेको बताए।