१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
हदिश खुद्दार जनकपुरधाम
Invalid date format २o:४१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रधानमन्त्रीलाई मधेसका मुख्यमन्त्रीको काउन्टर

कांग्रेस, माओवादी र एसका मन्त्रीलाई राजीनामा गर्न निर्देशन

Read Time : < 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
नयाँ पत्रिका
Invalid date format २o:४१:oo

प्रधानमन्त्री शेरबहादुर देउवाले जसपाका चार मन्त्री बर्खास्त गरेलगत्तै मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारमा रहेका कांग्रेस, माओवादी र एकीकृत समाजवादीका मन्त्री हटाउने तयारी गरेका छन्। 

मधेस सरकारमा कांग्रेसका तीन, माओवादीका दुई मन्त्री र एक राज्यमन्त्री, एकीकृत समाजवादीका दुई मन्त्री र एक राज्यमन्त्री छन्।

सत्तागठबन्धनमा रहेको जसपाले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा एमालेसँग गठबन्धन गरेपछि प्रधानमन्त्री देउवाले जसपाका चार मन्त्रीलाई आज हटाएका हुन्। त्यसको काउन्टरमा मधेस सरकारमा सहभागी कांग्रेस, माओवादी र एकीकृत समाजवादीका मन्त्री हटाउन लागिएको जसपाका एक मन्त्रीले जानकारी दिए। मधेस सरकारको नेतृत्व जसपाले गर्दै आएको छ।
 
मुख्यमन्त्री राउतले आज ती दलबाट सरकारमा सहभागी मन्त्रीहरूलाई राजीनामा दिन भनेका छन्। राजीनामा नदिए उनीहरूलाई हटाउने राउतको तयारी छ। 

संघ सरकारले आफ्ना मन्त्रीलाई हटाएपछि जसपा अध्यक्ष उपेन्द्र यादवले मुख्यमन्त्री राउतलाई प्रदेश सरकारबाट पनि ती दलका मन्त्री हटाउन निर्देशन दिएको बुझिएको छ।