१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १२:५४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गृहमन्त्री खाणसँग चिनियाँ राजदूत यान्छीको बिदाइ भेट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:५४:oo

गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले शिष्टाचार बिदाइ भेट गरेकी छिन्। बिहीबार गृह मन्त्रालयमा भएको भेटमा नेपाल–चीनबीचको आपसी सम्बन्ध, सहयोग आदान–प्रदानलगायतका विषयमा कुराकानी भएको बताइएको छ।

गृहमन्त्री खाणले भेटमा नेपाल असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तमा प्रतिबद्ध रहेको बताए। ‘नेपाल असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तमा प्रतिबद्ध छ,’ गृहमन्त्री खाणले भने, ‘नेपाल सरकार र नेपाली जनता एक चीन नीतिप्रति विश्वस्त छौँ। छिमेकी मुलुकको सुरक्षा संवेदनशीलतामा सरकार संवेदनशील छ।’

उनले नेपालमा कुनै पनि मुलुकविरुद्ध कुनै अवाञ्छनीय गतिविधि हुन नदिने बताएका थिए। त्यस्तै, गृहमन्त्री खाणले राजदूत यान्छीको कार्यकालमा भएको चिनियाँ राष्ट्रपति सी चिनफिङ, चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सुलगायत उच्चपदस्थ अधिकारीको नेपाल भ्रमणले नेपाल–चीन सम्बन्धलाई अझै सुदृढ बनाएको बताए।

राजदूत यान्छीले नेपालको विकास र प्रगतिका लागि चीनले सदैव सदभाव र सहयोगका साथसाथै शुभकामना व्यक्त गरिरहेको बताइन्। पर्यटन विकासका लागि नेपाल भ्रमण आउने वातावरण चिनियाँ सरकारले मिलाउने र आफूले व्यक्तिगत रूपमा नेपालको भौगोलिक, सामाजिक र सांस्कृतिक विविधता तथा नेपालीको पर्यटक र पाहुनाप्रतिको सदभावबारे आफ्ना चिनियाँ साथी र जनतासम्म विचार राख्ने यान्छीले बताइन्।

मंसिर ४ गते निर्धारित प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन सम्पन्न गर्न नेपाल सरकार र गृहमन्त्रीलाई सफलता मिलोस् भन्ने शुभकामना उनले चीन सरकारका तर्फबाट दिएकी छिन्।