१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २३ आइतबार o६:o७:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

जिसी र गुरुङ वने हुन्डाईको ‘टेस्ट ड्राइभ क्याम्पेन’ विजेता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o६:o७:oo

हुन्डाई गाडीहरूको नेपालका लागि आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले विश्वकप २०२२ लक्षित ‘गोल अफ द सेन्चुरी’ अभियानअन्तर्गतको टेस्ट ड्राइभ क्याम्पेनको विजेता घोषणा गरेको छ । क्याम्पेनमा शेरबहादुर जिसी र हस्तमाया गुरुङ विजयी भएका हुन् । 

यस क्याम्पेनका विजेताले फिफा विश्वकप २०२२ को खेल कतार गएर प्रत्यक्ष हेर्न पाउने जनाइएको छ । ११ अक्टोबर २०२२ मा गरिएको लक्की ड्रमार्फत दुईजना विजेताको छनोट गरिएको कम्पनीले जनाएको छ । दुवै विजेताले आफ्नो रोजाइको एक–एक व्यक्ति साथमा लिई कतारमा प्रत्यक्ष विश्वकप २०२२ हेर्न जान पाउने जनाइएको छ । यसको सम्पूर्ण खर्च हुन्डाई नेपालले व्यहोर्ने कम्पनीले जनाएको छ ।

योजनामा सहभागी हुन १९ जुलाईदेखि ३० सेप्टेम्बरसम्म नेपालभरि रहेका हुन्डाईका १७ वटा सोरुमबाट कुनै पनि हुन्डाई गाडीको टेस्ट ड्राइभ गरी आफूलाई रजिस्टर गर्नुपर्ने व्यवस्था गरिएको थियो । यस क्याम्पेनले पर्यावरण दिगोपनका लागि हुन्डाईको प्रयासप्रति सबैको ध्यानाकर्षण गरेको कम्पनीको दाबी छ । जसका कारण क्याम्पेनले नेपाली अटोमोबाइल बजारमा अत्यधिक चर्चा बटुल्न पनि सफल रहेको कम्पनीको दाबी छ । 
 

ad
ad