१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ३ बिहीबार o९:२८:oo
Read Time : < 1 मिनेट
ad
ad
अन्तर्वार्ता प्रिन्ट संस्करण

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई तीन प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार o९:२८:oo

सत्तागठबन्धनबाट बाहिरिएर एमालेसँग चुनावी तालमेल गर्ने निर्णयमा पुग्नुभयो । अब सरकारबाट पनि बाहिरिने हो ?
अहिलेको यो त सरकार नै होइन । यो त ४ मंसिरमा निर्वाचन सम्पन्न नहुन्जेलका लागि बनेको चुनावी सरकार न हो । सरकारमा सहभागी सबै बाहिरिँदै गए भने निर्वाचनचाहिँ कसले गराउने त ? त्यसैले, अहिलेको सरकारमा कुनै दल भित्रिने र बाहिरिने भन्नेले खासै अर्थ राख्दैन । 

सत्तागठबन्धनमै नरहेपछि नैतिकताका आधारमा बाहिरिनुपर्ने दबाब त छ नि, होइन र ?
त्यस्तो हुँदैन । हाम्रा मन्त्रीले निर्वाचन गराउन सरकारलाई सहयोग गर्नुहुन्छ । निर्वाचन गराउने वेलामा सरकारमा कुनै उथलपुथल गर्नु हुँदैन । यो हाम्रो दायित्व पनि हो । त्यसैले, हामी सरकारलाई अलपत्र छाडेर हिँड्दैनौँ ।

तर, प्रधानमन्त्री आफैँले नै जसपाका मन्त्रीहरूलाई जिम्मेवारीविहीन बनाइदिने चर्चा पनि चलेको सुनिन्छ नि ?
सायद त्यस्तो हुँदैन होला । प्रधानमन्त्रीले राष्ट्रिय महत्वको संघ र प्रदेशको निर्वाचन गराउने वेलामा पक्कै यस्तो काम गर्नुहुन्न जस्तो लाग्छ । सरकारप्रति हाम्रो असहमति छैन, होइन । हामीले सरकारलाई दिएको समर्थन फिर्ता लिएका पनि छैनौँ, होइनौँ । मात्रै गठबन्धन गर्दा सिटको तालमेल नमिलेपछि गठबन्धनबाट अलग भएका हौँ । सरकार र चुनावी गठबन्धन दुवै अलग विषय हुन् । यस्ता फरक–फरक विषयलाई एउटै बास्केटमा राखेर हेर्न हुँदैन । 

ad
ad