१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज २२ शनिबार
  • Saturday, 05 July, 2025
२o७९ असोज २२ शनिबार १८:५२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

रुखमा झुन्डिएको अवस्थामा एकै परिवारका तीनजनाको शव फेला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असोज २२ शनिबार १८:५२:oo

गोरखामा रुखमा झुन्डिएको अवस्थामा एकै परिवारका तीनजनाको शव फेला परेको छ। भीमसेन थापा गाउँपालिका वडा नम्बर ६ स्थित मेरियाटोलका ३४ वर्षका हेमबहादुर राना र उनका जुम्ल्याहा छोराको शव झुन्डिएको अवस्थामा आज बिहान फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक केदार खनालले जानकारी दिए। 
 
‘सात वर्षका दुई बालकको शव काप्राको रुखमा झुन्डिएको अवस्थामा फेला परेको छ,’ उनले भने, ‘बुबा हेमबहादुरको शव अर्कै रुखमा भेटिएको छ।’ घटनाको प्रकृति हेर्दा रानाले दुई छोरालाई रुखमा झुन्ड्याएर हत्या गरी आफूले आत्महत्या गरेको हुन सक्ने अनुमान गरिएको उनको भनाइ छ।
 
घरबाट झन्डै डेढ किलोमिटर पश्चिमदक्षिणमा छोराहरूको शव एउटै डोरीमा झुन्डिएको अवस्थामा फेला परेको उनले बताए।  हेमबहादुरको शव भने बालकहरू झुन्डिएको रुखभन्दा केही पर अर्को रुखमा फेला परेको प्रहरीले छ। 

घटनास्थलमा अहिले प्रहरीको टोली पुगेर अनुसन्धान सुरु गरेको उनले बताए। ‘घटना कसरी घट्यो भनेर खुल्न बाँकी नै छ,’ उनले भने, ‘शवको मुचुल्का उठाउनका लागि प्रहरीको टोली घटनास्थलमा पुगिसकेको छ, तीनैजनाको शव पोस्टमार्टमका लागि शव गोरखा अस्पतालमा ल्याउने तयारी भइरहेको छ।’
 
बिहान स्थानीयले रुखमा मान्छे झुन्डिएको देखेपछि घटनाका बारेमा जानकारी पाएको वडाध्यक्ष रन्जन रिमालले जानकारी दिए। मृतक राना डेढ महिनाअघि मात्र श्रीमतीसँग सम्बन्धविच्छेद गरेर बसेका थिए। रासस