Skip This
मेमेपोखरीमा बेपत्ता युवतीको शव फेला
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ असोज २२ शनिबार
  • Wednesday, 17 September, 2025
२o७९ असोज २२ शनिबार १८:४४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मेमेपोखरीमा बेपत्ता युवतीको शव फेला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असोज २२ शनिबार १८:४४:oo

लमजुङको ऐतिहासिक एवं पर्यटकीय मेमेपोखरी घुमेर फर्किने क्रममा बुधबारदेखि बेपत्ता रहेकी युवतीको शव फेला परेको छ। बेँसीसहर नगरपालिका- १०, साँधु माइत भएकी २४ वर्षीया शर्मिला तामाङको शव शनिबार दोर्दी गाउँपालिका र मर्स्याङ्दी गाउँपालिकाको सीमा क्षेत्र जुम्रोडाँडा क्षेत्रमा फेला परेको हो।

नेपाल प्रहरी, नेपाली सेना र स्थानीयले खोजीका क्रममा शव फेला पारेको लमजुङका प्रहरी प्रमुख डिएसपी प्रकाश श्रीमलले बताए। उनका श्रीमान सर्लाहीको लालबन्दी नगरपालिका १२, पत्थरकोटका २७ वर्षीय बुद्धिमान योञ्जनको शुक्रबार लेक लागेर मृत्यु भएको थियो।  

शर्मिलाका श्रीमान्‌को शव भएको ठाउँभन्दा करिब १५ मिनेट तल शव भेटिएको डिएसपी श्रीमलले बताए। उनीहरू असोज १६ गते लेकतर्फ गएका थिए। लमजुङ सदरमुकाम बेँसीसहरबाट बराहपोखरी पुग्न एक दिन र बराहपोखरीबाट दुई दिनमा मेमेपोखरी पुग्न सकिन्छ। मेमेपोखरी समुद्री सतहबाट चार हजार आठ सय मिटर उचाइमा रहेको छ।