मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ असोज २० बिहीबार
  • Saturday, 12 July, 2025
२o७९ असोज २० बिहीबार o८:४४:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

च्याम्पियन्स लिग : रियल म्याड्रिडकाे लगातार तेस्रो जित 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असोज २० बिहीबार o८:४४:oo

च्याम्पियन्स लिग फुटबलमा रियल म्याड्रिडले लगातार तेस्रो जित निकालेको छ। घरेलु मैदानमा गएराति भएको खेलमा रियलले सख्तर डोनेस्कलाई २–१ गोलले हराउँदै तेस्रो जित सुनिश्चित गरेको हो। 

रियलका रोड्रिगो र भिनिसियस जुनियरले खेलको पहिलो हाफमा गोल गरेका थिए। पहिलो हाफमै सख्तरका ओलेसान्द्र जुब्कोभकोले एक गोल फर्काएका थिए। जितसँगै रियल म्याड्रिडले समूह ‘एफ’मा पाँच अंकको अग्रता बनाएको छ। 

उसको तीन खेलमा नाै अंक छ । त्यस्तै समान खेलमा सख्तरको चार अंक छ।यस्तै, गएराति भएको अर्को खेलमा म्यानचेस्टर सिटीले कोपनहेगनलाई ५–० गोलको फराकिलो अन्तरले हराएको छ।

समूह ‘जी’मा रहेको सिटी तीन खेलमा नाै अंक जोड्न सफल भएको छ। समूह ‘एच’को बेन्फिका र पेरिस सेन्ट जर्मेइन (पिएसजी) ले एक–एक गोलको बराबरी खेलेका छन्।

त्यस्तै, चेल्सीले एसिमिलानलाई ३–० गोलले हराएको छ । च्याम्पियन्स लिग फुटबलमा युभेन्ट्सले मक्काबी हाइफालाई ३–१ गोल, आरबी लाइपजिगले सेल्टिकलाई ३–१ गोलले र बोरुसिया डर्टमण्डले सेभियालाई ४–१ गोलले हराए।