Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ चैत १० शुक्रबार
  • Friday, 24 March, 2023
फाइल फाेटाे
२०७९ असोज १७ सोमबार ०१:२८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मनास्लु हिमपहिरोमा एक बेपत्ता, तीनको उद्धार

Read Time : < 1 मिनेट
२०७९ असोज १७ सोमबार ०१:२८:००

मनास्लु हिमपहिरोमा परी एकजना नेपाली नागरिक बेपत्ता भएका छन् । सेभेन सम्मिट ट्रेक्स एन्ड एक्सपिडिसन प्रालिका शेर्पा आइतबार दिउसो साँढे तीन बजेतिर गएको हिमपहिरोमा परी  बेपत्ता भएको सो कम्पनीका पासाङ फुर्बु शेर्पाले जानकारी दिए । 

हिमपहिरोमा परी बेपत्ता भएका शेर्पाको पूरै पहिचान नखुलेको उनले बताए । उनका अनुसार दोस्रो शिविरबाट आधारशिविरतर्फ फर्कने क्रममा विभिन्न कम्पनीका चारजना हिमपहिरोमा परेका थिए । हिमपहिरोमा परी हराएका शेर्पाको साँझ अबेरसम्म सिम्रिक एयरको हेलिकोप्टरबाट खोजी गरिएको प्रहरी उपरीक्षक केदार खनालले जानकारी दिए । अरु तीनजना सकुशल भेटिएका प्रहरीले जनाएको छ ।