मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ असोज १५ शनिबार
  • Wednesday, 02 September, 2026
२o७९ असोज १५ शनिबार २१:३१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गठबन्धन सरकारले जनताको हितमा काम गर्न सकेन : ओली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असोज १५ शनिबार २१:३१:oo

नेकपा एमालेका अध्यक्ष केपी ओलीले वर्तमान सरकारले जनताको हितमा काम गर्न नसकेको आरोप लगाएका छन्। 

एमालेनिकट युवासंघले आज सप्तरीको कञ्चनरूप नगरपालिका– १२ स्थित धर्मेश्वर खेलमैदानमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै ओलीले वर्तमान सरकार चलेको १४ महिनामा अर्थतन्त्रलाई नै कमजोर पार्ने काम गरेको आरोप लगाएका हुन्। 

उनले एमाले समृद्ध नेपाल बनाउने पक्षमा रहेको भन्दै अहिलेको गठबन्धन सरकारले भ्रष्टाचारलाई मात्र बढावा दिएको आरोप लगाए। 

आगामी चुनाव शान्तिपूर्ण एवं धाँधलीरहित सम्पन्न हुनुपर्नेमा उनले जोड दिए। 

राष्ट्रिय हितको पक्षमा एमाले सधैँ बोल्ने पार्टी भएको भन्दै उनले युवालाई देशमै रोजगारको सिर्जना हुनुपर्ने बताए।