१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
फाइल तस्बिर
रासस काठमाडौं
२o८१ बैशाख २४ सोमबार १३:१२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

फोहाेर फाल्न स्थान पहिचान गर्दै काठमाडौं महानगर

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १३:१२:oo

महानगरपालिकाले कुहिने फोहाेर काठमाडौं उपत्यकामा नै व्यवस्थापन गर्नका लागि स्थान पहिचानको काम गरिरहेको छ। सबै किसिमका फोहाेर बन्चरेडाँडा पुर्‍याउँदा पटकपटक समस्या सिर्जना भएकाले आगामी दिनमा प्रभावकारी रूपमा फोहाेरको दीर्घकालीन समाधानका लागि स्थान पहिचानको काममा लागेको महानगरले जनाएको छ।

बन्चरेडाँडामा हानिकारक फोहाेर व्यवस्थापन नगर्ने योजनाअनुरूप महानगरले यस किसिमको अध्ययन सुरु गरेको हो। महानगर प्रमुखको सचिवालयका सदस्य सुनिल लम्सालले भने, ‘उपत्यकामा तीन स्थानको पहिचान भएको छ। बीचमा केही अवरोध नआए आगामी मंसिरदेखि उक्त कामको थालनी हुनेछ। त्यस विषयमा सम्बन्धित स्थानका स्थानीयसँग छलफल भइरहेको छ।’ 

फोहाेर व्यवस्थापन गर्न एउटा ठाउँमा कम्तीमा करिब ५० रोपनी जग्गा आवश्यक पर्ने बताइएको छ। हाल कामपा र अन्य १७ स्थानीय तहसहित उपत्यकाको १८ स्थानीय तहको फोहाेर अन्तिम व्यवस्थापनका लागि बन्चरेडाँडा लैजाने गरिएको छ। यो नै उपयुक्त विकल्प नभएकाले कुहिने फोहाेरलाई उपत्यकामा नै र नकुहिनेलाई अन्तिम व्यवस्थापनका लागि उक्त स्थानमा लैजान कामपाले स्थान पहिचान गरिरहेको छ।

अन्य सम्भावित स्थानको पहिचान गर्ने कार्य जारी रहेको महानगरले जनाएको छ। हालसम्म उपलब्ध भएका जग्गा ५० रोपनीदेखि एक सय ५० रोपनीसम्म छ। यसअघि विगत १६ वर्षदेखि उपत्यकाको १८ स्थानीय तहको फोहाेर नुवाकोटको सिसडोलमा व्यवस्थापन गरिँदै आएको थियो।

ad
ad