१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
तस्बिर : एएफपी
रासस ढाका
Invalid date format १४:१४:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

बंगलादेशमा डुंगा पल्टिँदा मृत्यु हुनेको संख्या २४ पुग्यो

Read Time : < 1 मिनेट
रासस, ढाका
नयाँ पत्रिका
Invalid date format १४:१४:oo

बंगलादेशको राजधानी ढाकाबाट चार सय ६८ किलोमिटर टाढा रहेको पञ्चगढ जिल्लाको करातोया नदीमा आइतबार दिउँसो डुंगा पल्टिँदा मृत्यु हुनेको संख्या २४ जना पुगेको छ।

सो डुंगा दुर्घटनामा परी आइतबार १६ जनाको मृत्यु भएको यहाँका स्थानीय सञ्चारमाध्यमले जनाएका थिए। ‘आइतबार रातिसम्ममा १२ महिला, आठ बालबालिका र चार पुरुषको शव निकालिएको छ,’ पञ्चगढका प्रहरी प्रमुख एसएम सिराजुल हुडाले जानकारी दिए।

उनले केही व्यक्ति हराइरहेका र उनीहरूको खोजी जारी रहेको तथा आइतबार रातिसम्ममा २४ जनाको शव भेटिएको जानकारी दिएका थिए। सो डुंगामा करिब सय यात्रु रहेकाे बताइएको छ। अहिले पनि डुंगामा रहेका अन्य १० देखि १२ यात्रु हराइरहेका ती प्रहरी प्रमुखले जानकारी दिए।

उद्धारका लागि प्रहरी परिचालन गरिएको र हराइरहेका व्यक्तिको खोजी जारी राखिएको उनले जानकारी दिए। डुंगाको क्षमताभन्दा बढी व्यक्ति राखिएकाले दुर्घटना भएको अनुमान गरिएको छ।