मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 16 July, 2025
एजेन्सी एजेन्सी
Invalid date format १६:४४:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

रुसलाई कारबाही गर्न युक्रेनी राष्ट्रपतिको माग

Read Time : < 1 मिनेट
एजेन्सी, एजेन्सी
नयाँ पत्रिका
Invalid date format १६:४४:oo

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेनेस्कीले रुसलाई कारबाही गर्न माग गरेका छन्। संयुक्त राष्ट्रसंघको महासभामा बोल्ने क्रममा उनले रुसले युद्धअपराध गरेकाले रुसलाई कारबाही गर्नुपर्ने माग राखेका हुन्। 

रुसले युक्रेनमा आक्रमण गरेकाले हजारौँ मानिसको मृत्यु भएको र लाखौँ विस्थापित भएको उनले जानकारी दिए।  

‘रुसले युक्रेन र युक्रेनी जनताविरुद्ध निरन्तर अपराध गरिरहेको छ, आक्रमण गरिरहेको छ, त्यसैले रुसलाई कारबाही हुनुपर्दछ,’ उनले भने।  

यस क्षेत्रको शान्ति सुरक्षाका लागि पनि रुसलाई कारबाही गरेर आफ्नो ठाउँमा बस्न लगाउनुपर्ने उनको भनाइ छ।

रुसलाई कारबाही गरेमा रुसले आक्रमण गरेका कारणले मृत्यु भएका हजारौँ मानिसको आत्माले शान्ति पाउने उनले तर्क गरे।    

रुसले आफ्नो देशमा आंशिक रूपमा सेना परिचालन गरेको घोषणा गरेकै वेला युक्रेनका राष्ट्रपतिले विश्व नेतालाई सम्बोधन गर्दै रुसलाई कारबाही गर्न माग गरे। 

रुसले युक्रेनमा गत फेब्रुअरीदेखि आक्रमण गरिरहेकाले रुसले देशभित्रको सुरक्षाकर्मीको संख्यामा पनि वृद्धि गरेको छ। 

अमेरिकाको न्युयोर्कमा सुरु भएको महासभामा विभिन्न देशका शीर्ष नेताले बोल्ने क्रम चलिरहेको छ। महासभा यही सेप्टेम्बर २७ सम्म चल्ने भएको छ।