१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २३ आइतबार १५:१६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

एमाले प्रवेश गर्दै सर्वेन्द्रले भने– ओलीजत्तिका राजनेता अर्को भेटिनँ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १५:१६:oo

पूर्वप्रहरी महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनालले केपी ओलीजत्तिको अर्को कुनै राजनेता नेपालमा नभएको बताएका छन्। बिहीबार एमाले प्रवेश गर्दै उनले जागिर खाएदेखि आइजिपी हुँदासम्म ओलीसरहका राजनेता अर्को नभेटेको बताए।

ओलीको भाषणबाट लालायित भएको र उनको छत्रछायामा काम गर्ने इच्छा जागेर एमाले प्रवेश गरेको खनालले स्पष्ट पारे। प्रहरी सेवामा आफ्नो कार्यकालमा प्रधानमन्त्री भएको वेला अध्यक्ष ओलीले राम्रा काममा मात्रै सघाएको भन्दै उनले ओली सम्पूर्ण प्रहरीको आशाको केन्द्र रहेकाे दाबी गरे।

‘मैले करिब सातजना प्रधानमन्त्री फेरेँ किसुनजीदेखिका। मैले उहाँका धेरै कुरा देख्न पाइनँ, मेरो जागिरको दौरानमा अध्यक्ष कमरेडजत्तिको राजनेता अर्को कोही भेट्टाइनँ। म उहाँका कुराबाट लालायित हुन्थेँ। अध्यक्ष कमरेडको राष्ट्र र नागरिकप्रतिको भूमिकालाई देखेर उहाँको पार्टीमा प्रवेश गरेको हुँ,’ खनालले भने।

ad
ad