मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७९ भदौ ३१ शुक्रबार १०:५०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कृष्णबहादुर महरा तीन ठाउँबाट सिफारिस

Read Time : < 1 मिनेट
२०७९ भदौ ३१ शुक्रबार १०:५०:००

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा प्रतिनिधिसभाको निर्वाचनका लागि तीन ठाउँबाट सिफारिस भएका छन् । उनी दाङ क्षेत्र नं. १ बाट पनि सिफारिस भएसँगै तीन क्षेत्रबाट सिफारिसमा परेका हुन् । यसअघि उनी दाङ क्षेत्र नं. २ र रोल्पाबाट पनि सिफारिस भएका थिए । 

बिहीबार बसेको पार्टीको क्षेत्रीय कमिटी बैठकले दाङ क्षेत्र नं. १ बाट महरालाई सिफारिस गरेको हो । सोही क्षेत्रबाट पार्टीका पोलिटब्युरो सदस्य नारायणी शर्मा ‘प्रतीक्षा’ र लुमबहादुर कार्की ‘बद्री’को नाम पनि सिफारिस गरिएकाे छ । 

यसैगरी, दाङ क्षेत्र नं. २ बाट महरासँगै पार्टीका पोलिटब्युरो सदस्य तथा जिल्ला इन्चार्ज निर्मल आचार्य र पोलिटब्युरो सदस्य रेखा शर्मालाई सिफारिस गरिएको छ । त्यस्तै, दाङ क्षेत्र नं. ३ बाट पार्टी नेता कुवेर वली र धनबहादुर मास्की ‘राजेश’को नाम सिफारिस भएको छ । योसँगै माओवादीले दाङका तीनवटै क्षेत्रबाट प्रतिनिधिसभा उम्मेदवारको नाम सिफारिस टुंग्याएको छ । 

प्रदेशतर्फ

यसैगरी, प्रदेश क्षेत्र नं. १ ‘क’बाट इन्द्रजित थारू, लुमाकान्त न्यौपाने ‘सागर’, वीरेन्द्र चौधरी, होमप्रसाद शर्मा र धर्मराज अधिकारीको नाम सिफारिस भएकाे छ । 

प्रदेश क्षेत्र नं. १ ‘ख’बाट दामा शर्मा, रामप्रसाद घिमिरे, वसन्तराज अधिकारी, बाबुराम चौधरी, कालुराम चौधरी, गंगा पाण्डे, भोगेन्द्रसिंह राजपुत, भीमबहादुर वलीको नाम सिफारिस गरिएको छ ।