मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ भदौ ३० बिहीबार १४:२६:००
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

सुगमको शब्द र संगीतमा सोनियाको ‘केही खोजिरहेको’ सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ भदौ ३० बिहीबार १४:२६:००

गायिका सोनिया सेन पोखरेलको आवाजमा ‘केही खोजिरहेको’ बोलको गीत सार्वजनिक भएको छ। बर्मामा बसेर आफ्नो सांगीतिक यात्रा सुरु गरेकी सोनियाले गायक सुगम पोखरेलको शब्द र संगीतमा आफ्नो आवाज दिएकी छिन्।

यो सोनियाको पहिलो गीत हो। गायक सुगम पोखरेलले आफूलाई विश्वास गरेर गीत दिएकोमा उनले धन्यवाद दिएकी छिन्। पिग ई प्रोडक्सनले संगीत संयोजन गरेको गीतलाई मादल स्टुडियो युटुब च्यानलबाट सार्वजनिक गरिएको हो।

गीतको भिडियोमा प्रदीप बास्तोला र प्रशंसा रायमाझीको अभिनय रहेको छ। शिवराम श्रेष्ठले छायांकन गरेको उक्त भिडियोलाई विजेश पौडेलले सम्पादन र निर्देशन गरेका हुन्।