१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २२ शनिबार o८:३७:oo
Read Time : < 1 मिनेट
ad
ad
सप्तरंग प्रिन्ट संस्करण

क्यान्सर हुँदा पनि फिल्म गरेँ  : महिमा चौधरी, कलाकार 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o८:३७:oo

क्यान्सर भएको थाहा पाउँदा म झसंग भएकी थिएँ, तर डाक्टरले सबै ठीक हुन्छ भने । यसपछि डाक्टरले बायोप्सी गरे । ट्युमर निकाल्नका लागि  मेरो शल्यक्रिया गरियो र त्यस दौरान मलाई क्यान्सर भएको प्रमाणित भयो । दुनियाँमा लगभग हरेक सातमध्ये एक महिलालाई स्तन क्यान्सर हुन्छ ।

मेरो स्वास्थ्य खराब छँदा पनि मैले काम गरेँ । अनुपम खेरले  फोन गरेर एउटा फिल्ममा काम गर्नुपर्छ भने । मैले हरेक २० दिनमा मेरो उपचार हुन्छ र म निकै कमजोर छु भनेँ । मैले आफ्नो पात्रका लागि नक्कली कपाल लगाउनुपर्ने कुरा पनि बताएँ । उनले सोधेपछि मैले क्यान्सर भएको पनि बताएँ ।

त्यसपछि उनले भने, ‘नक्कली कपाल लगाएरै भए पनि फिल्म गर, तर त्यो पात्रमा तिमीले नै काम गर्नुपर्छ र तिमीले सक्छौ ।’ ममा फेरि आत्मविश्वास आयो । यसपछि मैले उक्त फिल्ममा काम गरेँ ।

ad
ad