मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ भदौ २९ बुधबार
  • Sunday, 13 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७९ भदौ २९ बुधबार १७:१३:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेप्से परिसूचकमा उच्च अंकको वृद्धि

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ भदौ २९ बुधबार १७:१३:oo

धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अंकले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ४७ दशमलव ४४ अंकले उकालो लागेर एक हजार नौ सय ८१ दशमलव ४८ अंकमा पुगेको छ । 

 यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक नौ दशमलव १९ अंकले वृद्धि भई तीन सय ८५ दशमलव ३६ मा पुगेको छ । कुल दुई सय २७ कम्पनीको ४६ लाख १८ हजार पाँच सय १६ कित्ता सेयर रु एक अर्ब ४५ करोड ३८ लाख २४ हजार छ सय ५० मूल्यमा खरिद बिक्री भए ।

 नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहको सेयर मूल्यमा वृद्धि भएको छ । बैंकिङ २४ दशमलव ४६, व्यापार एक सय सात दशमलव २९, होटेल तथा पर्यटन ६६ दशमलव ९७, विकास बैंक एक सय ६० दशमलव ८९, जलविद्युत् ७८ दशमलव ६१, वित्त ९७ दशमलव १३, निर्जीवन बिमा एक सय १६ दशमलव ९६, उत्पादन एक सय ११ दशमलव ७५, अन्य ४० दशमलव पाँच, लघुवित्त एक सय छ दशमलव ३३, सामूहिक लगानी कोष शून्य दशमलव १८ र लगानी एक दशमलव ५६ अंकले वृद्धि भएको छ । बुधबारको कारोबारपछि बजार पुँजीकरण  २८ खर्ब ४२ अर्ब २१ करोड ९४ लाख ९७ हजार नौ सय ९६ रुपैयाँबराबर रहेको छ ।

 नेप्सेका अनुसार कारोबारका आधारमा नबिल बैंक शीर्ष स्थानमा छ । सो बैंकको रु छ करोड ५१ लाख ६९ हजार तीन सय २८ रुपैयाँबराबरको कारोबार भयो । गुर्खाज फाइनान्स चार करोड ५७ लाख सात हजार सात सय २२ रुपैयाँ, हिमालयन एभरेष्ट इन्सुरेन्स  चार करोड ३४ लाख ४७ हजार रुपैयाँ, अपी पावर कम्पनी  चार करोड २९ लाख ६८ हजार छ सय रुपैयाँ र हिमालयन डिस्टिलरीको तीन करोड ९२ लाख ३७ हजार आठ सय १७ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

 नेप्सेका अनुसार, ग्रिन डेभलपमेन्ट बैंकको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । लिबर्टी इनर्जी आठ दशमलव ३२, युनाइटेड मोदी हाइड्रो पावर कम्पनी सात दशमलव ८१, सामुदायिक लघुवित्त सात दशमलव ८०, गुर्खाज फाइनान्स कम्पनीका लगानीकर्ताले सात दशमलव ७२ प्रतिशतले कमाएका छन् ।

 त्यस्तै, एनआइसी एसिया क्याप फन्ड १०, एनआइबिएल प्रगति फन्ड आठ दशमलव ९५, सनराइज फस्ट म्युचुअल फन्ड सात दशमलव ६७, सानिमा लार्ज क्याप फन्ड तीन दशमलव १९, मैलुङ खोला जलविद्युत् कम्पनीका लगानीकर्ताले दुई दशमलव ६५ प्रतिशतले गुमाएका छन् ।