मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ भदौ २८ मंगलबार
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौँ
२o७९ भदौ २८ मंगलबार १८:४७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नास्टले अनुसन्धानमा चासो दिएन : शिक्षामन्त्री पौडेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o७९ भदौ २८ मंगलबार १८:४७:oo

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सरकारले स्थापना गरेको नेपाल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी (नास्ट) ले अनुसन्धानको विषयमा चासो नदिएको गुनासो गरेका छन्। मंगलबार गैरआवासीय नेपाली संघले राष्ट्रिय आविष्कार केन्द्र र महावीर पुनलाई १ करोड रुपैयाँको भवन कीर्ति रत्न पुरस्कारले सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

मन्त्री पौडेलले नास्टका बारेमा दिनहुँ छलफल भए पनि अनुसन्धनका बारेमा नास्टमा रहेका व्यक्तिहरूलाई नै चासो नरहेको बताए। उनले नास्टमा रहेका व्यक्तिहरू अनुसन्धानमा भन्दा बाहिरी कुरामा चासो देखाउने गरेको बताए। मन्त्री पौडेलले नास्टका अनुसन्धान केन्द्रहरू विश्वविद्यालयसँगको सहकार्यमा अघि बढाउने पहलकदमी थालिएको बताए।

‘सबै मिलेर देशको अवस्थालाई फेर्न आवश्यक छ। देशको अवस्था फेर्न नै नसकिने होइन। फर्ने सकिन्छ। फेर्ने संकल्प गरेको खण्डमा सम्भावना छ। आविष्कार केन्द्रको प्रसंग विज्ञान र प्रविधिसँग जोडिएको छ। नास्ट भन्ने राज्यले स्थापना गरेको संस्था छ। दिनहुँ त्यसको छलफल हुने गर्छ। खासै गरी कसैलाई चासो छैन,' उनले भने, 'अरू विषयमा चासो छ, अनुसन्धानको विषयमा चासो छैन। विज्ञान, प्रविधिको क्षेत्रमा कसैलाई चासो छैन। हामी कहाँ चासो कम हुने गर्दछ। हामी कहाँ विश्वविद्यालयहरू पनि छन्। नास्ट भन्ने संस्था एकातिर आविष्कारको जिम्मेवारी बोकेर उभिएको छ भने विश्वविद्यालयहरू पनि रिसर्च सेन्टरको रूपमा छन्।'