१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार o९:१४:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

कांग्रेसमा टिकट किनबेच भएको पूर्वराष्ट्रपतिको आरोप

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o९:१४:oo

पूर्वराष्ट्रपति डा. रामवरण यादवले कांग्रेसमा विधि र आदर्शको पालना हुन छाडेको बरु टिकट किनबेच हुन थालेको बताएका छन् । राजधानीमा आयोजित बिपी साहित्य सम्मान एवं बिपी सेनानी सम्मान तथा स्मृति लोकार्पण समारोहमा यादवले कांग्रेसकोे अवस्था रामराम भन्नुपर्ने रहेको सुनाए ।

‘बिपीको जेल डायरी, बिपीको आत्मवृत्तान्त र बिपीले बोलेका राजनीति विषय कांगे्रसीलाई पढ्न फुर्सद छैन । सोझै कांग्रेस छिर्छन्, किनकि टिकट किन्ने कांग्रेसी बनेको छ । कांग्रेसमा लागेकालाई फुर्सद छैन, पैसामा टिकट बेचिरहेको छ,’ उनले भने ।

यादवले कांग्रेसमा योगदान गर्नेभन्दा अवसरवादीको मूल्यांकन बढी हुँदै गएको बताए । कांग्रेसले पुर्खाको योगदान बिर्सिएर जनतामा जान गठबन्धन गर्नु जायज नभएको उनको टिप्पणी छ । ‘कांग्रेसको त्यस्तो पुर्खा भएर पनि अहिले अंशबन्डा गरिरहेको छ । जनताबीच जान पनि अरू पार्टीसँग अंशबन्डा गरिरहेको छ । कांग्रेसबारे रामराम भन्ने वेला भइसकेको छ,’ उनको भनाइ थियो । 
 

ad
ad