१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
सौरभ यादव राजविराज
२o८१ जेठ ४ शुक्रबार १६:३७:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

चिम्टीका अग्निपीडितकाे घर मधेश सरकारले बनाइदिने मुख्यमन्त्रीको घोषणा 

Read Time : < 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार १६:३७:oo

मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले महादेवा गाउँपालिका-१ चिम्टीका अग्निपीडितहरूलाई घर बनाइदिने वाचा गरेका छन्।‌

अग्निपीडितलाई भेट्न बिहीबार घटनास्थल पुगेका मुख्यमन्त्रीले छिट्टै प्रदेश सरकारले पीडितलाई घर बनाइदिने घोषणा गरेका हुन्।

उनले भने, 'प्रदेश सरकार सुखदुःखमा तपाईंहरूको साथमा छ, आजभोलिमै निर्णय गरेर यहाँ आगोमा जति घर जलेको छ, त्यति घर प्रदेश सरकारले बनाइदिनेछ।'
 
बिहीबार दिउँसो काठमाडौंबाट राजविराज विमानस्थल पुगेका मुख्यमन्त्री सीधै घटनास्थल पुगेका थिए। घटनास्थल निरीक्षणको क्रममा अग्निपीडितहरूले मुख्यमन्त्रीसमक्ष आफ्नो दुःखेसो पोखेका थिए। मंगलबार चिम्टीमा भएको आगलागीमा परेर त्यहाँका ६० बढी परिवार घरविहीन बनेका छन्।

ad
ad