१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
२o८१ जेठ ६ आइतबार १९:५९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सुक्खाग्रस्त नरैनापुर संकटग्रस्त क्षेत्र घोषणा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार १९:५९:oo

जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले नरैनापुर गाउँपालिकालाई संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। बेमौसमी वर्षाका कारण गतवर्ष खेतमै धान कुहिएर नष्ट भएको र यसवर्ष समयमा वर्षात् नहुँदा धान रोप्न नपाएपछि भोकमरी सिर्जना हुने भन्दै जिल्ला विपद् व्यवस्थापन समितिले नरैनापुरलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको हो। 

समयमा पानी नपर्दा यसवर्ष नरैनापुरमा १५ प्रतिशत धान रोपाइँ भएको र रोपाइँ भएको धान पनि खेतमै सुकेको छ। बाँकेका आठवटै पालिकाका प्रमुख–उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, जिल्लास्थित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुखलगायतको उपस्थितिमा बसेको सर्वदलीय बैठकले गाउँपालिकालाई संकटग्रस्त क्षेत्र घोषणा गरी पर्याप्त सिँचाइ, वैकल्पिक बाली प्रवर्द्धन तथा राहत वितरणको व्यवस्थाका लागि लुम्बिनी प्रदेश सरकार र संघीय सरकारलाई सिफारिस गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी टोपबहादुर केसीले जानकारी दिए।

उनले सुक्खाग्रस्त क्षेत्र नरैनापुरमा वैकल्पिक खेती गर्न कृषि ज्ञान केन्द्र र सम्बन्धित पालिकाले बिउबिजन उपलब्ध गराई बाली लगाउन कृषकलाई प्रोत्साहन गरिने बताए। ‘भोकमरीको अवस्था आउन नदिन नरैनापुरलाई सहयोग गर्न विभिन्न दातृनिकाय तथा दुवै तहका सरकारसँग आग्रह गर्ने निर्णय विपद् व्यवस्थापन समितिले गरेको छ,’ उनले भने। 

‘लुम्बिनी प्राविधिक विश्वविद्यालय स्थापना तथा सञ्चालनका लागि साबिक रनियापुर गाविस ४ स्थितका ७४ हजार ६८० वर्ग किलोमिटर जमिन प्रकोप व्यवस्थापन तथा उद्धारका लागि आवश्यक नपर्ने सिफारिस केन्द्र सरकारलाई गर्ने निर्णय भएको छ,’ उनले भने। 

ad
ad