सहकारीको रकम अपचलनबारे संसदीय छानबिन समिति गठन गर्न सत्तापक्ष सहमत भएपछि कांग्रेस संसद् खुलाउन लचक भएको छ।
सदन खुलाउन विपक्षी दल लचक बने पनि छानबिन समिति गठनसम्बन्धी कार्यदलको टिओआरमा सहमति नभएसम्म बैठक नचलाउन सभामुखलाई विपक्षी दलले आग्रह गरेको छ।
आइतबार बिहान बसेको विपक्षी बैठकले समिति गठनसम्बन्धी कार्यदलको टिओआरमा सहमति नभएसम्म बैठक नचलाउन सभामुखलाई आग्रह गर्ने निर्णय गरेको हो।
विपक्षी दलको बैठकको निर्णय सुनाउन सांसद ज्ञानबहादुर शाही सभामुख देवराज घिमिरेको कार्यकक्षमा गएका थिए।
शनिबार सत्तारूढ दल र कांग्रेसबीच समिति बनाउने सैद्धान्तिक सहमति भएसँगै कार्यविधि टुंग्याउन कार्यदल गठन भएको छ। आज बिहान कार्यदलको बैठक पनि बसेको छ। बैठक तत्कालका लागि अनिश्चित भएको सभामुखको सचिवालयले जनाएको छ।