Skip This
घनश्याम भुसाल बन्न सकेनन् सर्वसम्मत
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ भदौ २० सोमबार
  • Tuesday, 16 September, 2025
२o७९ भदौ २० सोमबार १९:२६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

घनश्याम भुसाल बन्न सकेनन् सर्वसम्मत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ भदौ २० सोमबार १९:२६:oo

रुपन्देहीमा राजनीतिक दलहरूले उम्मेदवार सिफारिस तीव्र पारेका छन्। पार्टीका क्षेत्रीय कमिटीहरूले उम्मेदवार सिफारिस गर्ने क्रममा केन्द्रमा प्रभाव पार्ने नेताहरू प्रतिनिधिसभाका लागि एकल रूपमा सर्वसम्मत उम्मेदवार सिफारिस भए पनि एमाले नेता घनश्याम भुसाललाई क्षेत्रीय कमिटीले सर्वसम्मत बनाउन सकेन। 

रुपन्देही क्षेत्र नम्बर ३ बाट भुसालसहित ४ जनालाई उम्मेदवार सिफारिस गरिएको छ। यहाँबाट वासुदेव घिमिरे, यज्ञजित शाह र दुर्गा भुसाललाई पनि उम्मेदवार सिफारिस गरिएको छ। भुसाल सर्वसम्मत नभए पनि एमालेका २ र ५ नम्बर क्षेत्रका कमिटीले विष्णु पौडेल र खिमलाल भट्टराई सर्वसम्मत रूपमा उम्मेदवार सिफारिस गरेका छन्।