१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १८ मंगलबार १o:३o:oo
Read Time : < 1 मिनेट
ad
ad
सप्तरंग प्रिन्ट संस्करण

टुबोर्ग आर्थर गन : होमकमिङ टुरको निरन्तरता 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १o:३o:oo

गायक दिवेश पोखरेल (आर्थर गन) ले ‘टुबोर्ग होमकमिङ टुर’अन्तर्गत  बुधबार लर्ड बुटवलमा सांगीतिक प्रस्तुति दिएका छन् । पोखरेलले ‘उनले के पीर पर्‍यो तिमीलाई ?’, ‘लभ इज माई रिडेम्पसन’, ‘न्यानो घर’ जस्ता गीतहरू गाउँदा दर्शक–श्रोताले निकै रमाइलो मानेका थिए ।

यसअघि उनले काठमाडौं, चितवन, र पोखरामा पनि प्रस्तुति दिएका थिए । उनले अब धरान, बिर्तामोड र कीर्तिपुरजस्ता नेपालका बाँकी सहरहरूमा प्रत्यक्ष प्रस्तुति दिनेछन् ।

सन् २०२० मा अमेरिकी गायन रियालिटी सो ‘अमेरिकन आइडल १८औँ सिजन’मा सहभागी भएपछि उनी लोकप्रिय बनेका थिए ।  अमेरिकन आइडलको अडिसनमा उनले गाएको बब डिलनको ‘गर्ल फ्रम द नर्थ कन्ट्री’ र क्रिडेन्स क्लियरवाटर रिभाइभलको ‘ह्याब् यु एभर सिन द रेन’ ले निकै चर्चा पाएको थियो ।

उनको प्रस्तुतिलाई सबै तीन निर्णायकद्वारा धेरै प्रशंसा गरिएको थियो भने विश्व प्रसिद्ध गायिका केटी पेरीले उनलाई ‘हि इज द बेस्ट’ भनी प्रशंसा पनि गरेकी थिइन् । 

आफ्नो सुरुवातदेखि नै नेपाली संगीत क्षेत्रको उत्थानमा सक्रिय टुबोर्ग यस टुरको शीर्ष प्रायोजक रहेको छ । गोर्खा ब्रुअरीका मार्केटिङ डिरेक्टर, आशिष विष्ट भन्छन्, ‘टुबोर्गको संगीतसँग लामो समयदेखि सम्बन्ध रहिआएको छ । टुबोर्गले नेपाली संगीत क्षेत्रको उत्थान र संगीतको विभिन्न विधालाई सधैँ समर्थन गर्दै आएको छ । सोही समर्थनलाई निरन्तरता दिँदै आर्थर गनसँग आबद्ध हुन पाउँदा निकै गर्व महसुुस गरेका छौँ, किनभने उनले आफ्नो संगीतमार्फत नेपाली संगीतप्रेमीहरूलाई गौरवान्वित बनाएका छन् ।’ 

ad
ad