मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ माघ १९ बिहीबार
  • Thursday, 02 February, 2023
नयाँ पत्रिका काठमाडौं
२०७९ भदौ १६ बिहीबार १७:०३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नायिका करिश्मा एमालेको केन्द्रीय संस्कृति विभागको सदस्य    

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ भदौ १६ बिहीबार १७:०३:००

चर्चित नायिका करिश्मा मानन्धर नेकपा एमालेको केन्द्रीय संस्कृति विभागको सदस्यमा मनोनीत भएकी छिन् । गत ११ भदौमा सम्पन्न केन्द्रीय कमिटी बैठकले मानन्धरलाई विभागको सदस्य मनोनीत गरेको हो । 

पार्टी अध्यक्ष केपी ओलीले पछिल्लोपटक जारी गरेको अन्तरपार्टी निर्देशन–५ मा मानन्धरलाई विभाग सदस्य मनोनीत गरिएको उल्लेख छ । उनी ०७८ को ८ चैतमा कार्की बैंक्वेटमा आयोजित कार्यक्रममा एमाले प्रवेश गरेकी थिइन् । त्यसयता मानन्धर एमालेका गतिविधि र कार्यक्रमहरूमा सक्रिय हुँदै आएकी छिन् ।