१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 July, 2025
Invalid date format १९:१७:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

अक्टोबर १६ देखि चिनियाँ कम्युनिस्ट पार्टीको २०औँ राष्ट्रिय महाधिवेशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १९:१७:oo

चिनियाँ कम्युनिस्ट पार्टीको २०औँ महाधिवेशन आगामी अक्टोबर १६ देखि राजधानी बेइजिङमा आयोजना गरिने भएको छ। चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरोले मंगलबार चिनियाँ कम्युनिस्ट पार्टीको १९औँ केन्द्रीय समितिको सातौँ पूर्ण बैठक र २०औँ चिनियाँ कम्युनिस्ट पार्टीको राष्ट्रिय महाधिवेशनको तयारीका लागि बैठक आयोजना गरेको हो।

चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिका महासचिव सी जिनफिङको अध्यक्षतामा भएको सो बैठकले चिनियाँ कम्युनिस्ट पार्टीको  २०औँ महाधिवेशन अक्टोबर १६ मा बेइजिङमा आयोजना गर्ने प्रस्ताव गरेको छ। 

बैठकले चिनियाँ कम्युनिस्ट पार्टीको १९औँ केन्द्रीय समितिको सातौँ पूर्ण बैठक अक्टोबर ९ तारिख बेइजिङमा आयोजना गर्ने निर्णय गरेको छ। सम्पूर्ण पार्टी र सिंगो राष्ट्रले सबै हिसाबले आधुनिक समाजवादी देश निर्माणको नयाँ यात्रामा अघि बढेकाले २०औँ चिनियाँ कम्युनिस्ट पार्टीको राष्ट्रिय महाधिवेशन महत्त्वपूर्ण क्षणमा बोलाइने महाधिवेशन भएकोमा जोड दिइएको बैठकमा उल्लेख गरिएको छ। सो अवसरमा दोस्रो शताब्दी लक्ष्यतिर अगाडि बढ्न पनि आग्रह गरिएको छ। 

महाधिवेशनले चिनियाँ विशेषतासहितको समाजवादको  लक्ष्यमा मार्क्सवाद–लेनिनवाद, माओत्सेतुङ विचारधारा, देङ सियाओपिङ सिद्धान्त, तीन प्रतिनिधिको सिद्धान्त र विकासको वैज्ञानिक दृष्टिकोणलाई समर्थन गर्ने र चिनियाँ विशेषतासहितको समाजवादबारे सी जिनफिङको विचारलाई पूर्ण रूपमा कार्यान्वयन गर्ने  जनाइएको छ।