
प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा चर्काचर्की परेको छ । निजामती सेवा विधेयकमाथि भएको चलखेलमा समिति सभापति रामहरि खतिवडा र समितिका सचिव सुरजकुमार दुराको कमजारी भएको भन्दै दुवैजनाले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताए । नेपालको इतिहासमा यो लज्जास्पद र घिनलाग्दो अवस्था भएकाे अधिकांश सांसदको भनाइ छ ।